arrow

सेनाको परेड कार्यक्रममा आक्रमण, ८ सैनिकसहित २४ को मृत्यु

logo
प्रकाशित २०७५ असोज ६ शनिबार
pared.jpg

तेहरान । इरानको दक्षिणपश्चिम प्रान्त खुजेस्तानमा जारी सेनाको परेड कार्यक्रममा शनिबार भएको आक्रमणमा परी कम्तीमा आठ सैनिक सहित २४ जनाको मृत्यु भएको छ ।
 
उक्त हताहतको जानकारी प्रान्तका उप गभर्नर अलि हुसेन हुसेनजादेहले दिएका छन् । सो आक्रमणमा परी कम्तीमा आठ सैनिकको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका उप गभर्नर अलि हुसेनलाई उद्धृत गर्दै अर्ध सरकारी समाचार सस्था इज्नाले जानकारी दिएको छ ।
 
आक्रमणमा घाइते भएकाहरुको अवस्था पनि चिन्ताजनक भएको जनाइएको छ । घाइतेहरुको अवस्था चिन्ताजनक भएकोले मृतकको सङ्ख्या पनि बढ्न सक्ने सरकारी अधिकारीहरुको अनुमान रहेको छ । एएफपी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ