arrow

लिभरपुल फेरि शीर्ष स्थानमा उक्लियो, कसले कसलाई हरायो ? ८ खेल २३ गोल

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
liverpool9.jpg

काठमाडौं । लिभरपुल इङलिश प्रिमियर लिग फुटबलमा फेरि शीर्ष स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा साउथह्याम्पटनलाई ३–०ले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको हो ।

लिभरपुलको जितमा जोएल मटिप र मोहम्मद सलाहले गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।

प्रिमियर लिगमा प्रतिशत जित निकालेको लिभरपुलको ६ खेलबाट १८ अंक पुगेको छ । उसले समान खेल खेलेको साविकको विजेता म्यानचेस्टर सिटीलाई २ अंकले तथा एक खेल कम खेलेको चेल्सीलाई ३ अंकले पछि पारेको हो ।

 खेलको १०औं मिनेटमा नै वेस्ले होइडको आत्मघाती गोलबाट अघि बढेको लिभरपुलले २१औं मिनेटमा अग्रता दोब्बर पारेको थियो ।

ट्रेन्ट एलेक्सन्डर अर्नोल्डको पासमा जोएल मटिपले गोल गर्न सफल भएको थियो । ४५औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुल पहिला हाफमै ३–० ले अघि बढेको थियो ।

त्यसपछि दुवै टोलीले गोलका केही अवसरहरु सिर्जना गरेपनि गोल गर्न नसक्दा पहिलो हाफको तीन गोल नै लिभरपुलको जितमा पर्याप्त बन्यो । 

शनिबार रातिका अन्य खेलहरु यस्ता रहे 

शनिबार रातिका ८ खेलमा २३ गोल भएको छ । 
म्यान्चेस्टर सिटीले कार्डिफ सिटीलाई ५–० ले हरायो । रियाद मारेजले २ तथा सर्जियो अगुएरो, बर्नान्डो सिल्भा र इल्काए गुन्डोगानले १–१ गोल गरे । 

बर्नलेले एएफसी बर्नमाउथलाई ४–० ले हरायो । एस्ले बर्नेसले २ तथा माटेज भाइद्र र आरोन लेननले १–१ गोल गरे । 

लेस्टर सिटीले हडर्स फिल्ड टाउनलाई ३–१ ले हरायो । 

टोटनह्याम हट्सपरले ब्राइटनलाई २–१ ले हरायो । 

म्यान्चेस्टर युनाइटेडले वुल्भरह्याम्पटनसंग १–१ को बराबरीमा खेल्न वाध्य भयो । घरेलु मैदानमा म्यान्चेस्टरले फ्रेडले गोल गरे भने मौटिन्होले बराबरी गरे । यो बराबरीले फेरि जोजे मौरिन्होको जागिरलाई अप्ठेरोमा पारेको छ । 

फुल्हमले वाट्फोर्डलाई १–१ को बराबरीमा तथा क्रिष्टल प्यालेसले न्यूकासल युनाइटेडसंग गोलरहित बराबरी खेल्यो । 

 

The Egyptian lapped up the adoration of Anfield after making it 3-0 to Liverpool and sending the Reds enroute to victory

On the 20-minute mark Liverpool went 2-0 ahead after Joel Matip rose high to head home Trent Alexander-Arnold's corner

The German centre back out-jumped Southampton's Jannik Vestergaard to plant a powerful header on the ball

Liverpool grabbed the opening goal of the game after a cross deflected through Southampton bodies and hit Wesley Hoedt

The Dutchman could not react quickly enough and flicked the ball over the line past his goalkeeper

Alex McCarthy tried in vain to claw the ball back from behind the line but the referee had signalled for 1-0 to the Reds

The ball had already beaten McCarthy by the time the England goalkeeper had chance to hook his arm back across

Xherdan Shaqiri was responsible for putting in the cross which bounced through the defence and hit the unsuspecting Hoedt

 The winger peeled away in celebration and looked ecstatic with his role in the opening goal for the Reds



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ