arrow

बार्सिलोनालाई पछि पार्दै रियाल मड्रिड लाग्यो अगाडि 

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
real-madrid10.jpg

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड अगाडि लागेको छ । लिग अन्तर्गत शनिबार राति एस्पान्योललाई घरेलु मैदानमा १–० ले पराजित गर्दै रियाल लिग तालिकाको शीर्ष स्थानमा पुगेको हो ।

रियालको जितमा पहिलो हाफको अन्त्यतिर मारको एसेन्सियोले गरेको गोल नै निर्णायक सावित भयो । ४१ औं मिनेटमा मिडफिल्डर लुका मोड्रीचको प्रहार एसेन्सियोलाई डीफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । 

रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री भीएआरको सहायता लिँदै निकै बेरपछि गोललाई मान्यता दिएका थिए । अन्त्यमा यहि गोल नै खेलमा निर्णायक बन्न पुगेको थियो । अपराजित रियलको लिगमा यो चौथो जित हो ।

पाहुना टोली एस्पान्योलका लागि बोर्जा इग्लेसिसको प्रहार क्रसबारमा लाग्नु दुर्भाग्यपूर्ण रहयो । रियालका पूर्व गोलरक्षक डिएगो लोपेजले खेलको अन्त्यतिर सर्जियो रामोसको प्रहार बचाउँदै खेलमा एस्पान्योलको सम्भावना कायम राखेका थिए । 

रियालले अपेक्षा गरेअनुसार आक्रमण बुन्न सकेको थिएन । रोनाल्डोको अनुपस्थितिमा आक्रमण केहि फितलो भएपनि इस्को, एसेन्सियो र बेन्जेमाको जोडीले प्रयास जारी राखे । प्रशिक्षक जुलेन लोपेटेगुईले ग्यारेथ बेललाई यस खेलमा प्रयोग नै गरेनन् ।

यस जितसँगै रियालले बार्सिलोनालाई उछिन्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । 

आइतबार हुने खेलमा बार्सिलोनाले बराबरी वा जित हासिल गरेको खण्डमा रियाल दोस्रो स्थानमा झर्नेछ । बार्सिलोनाले आइतबार गिरोनाको सामना गर्दैछ । रियालले ५ खेलमा १३ अंक बटुलेको छ भने बार्सिलोना ४ खेलमा १२ अंक जोड्न सफल रहेको छ ।

अन्य खेलहरुको नतिजा यस्तो छ –
रियाल सोसिडाडले हुएस्कालाई १–० ले हरायो । डेपोर्टिभोले राए भाएकानोलाई ५–१ ले, एथलेटिको मड्रिडले गेटाफेलाई २–० ले, आइबरले लेगनेसलाई १–० ले हरायो । 

रियाल भल्लाडोलिड र सेल्टाभिगोले ३–३ को बराबरी खेल्यो । 

Marco Asensio proved the difference for Real Madrid as they beat Espanyol in their La Liga encounter on Saturday night

 

The Spain winger scored the only goal of the game on 41 minutes with this left-footed strike

Asensio's drilled effort proved too good for Espanyol goalkeeper Diego Lopez who could only stretch in vain to save it

Real Madrid's in form striker Karim Benzema looks on as he the home side fail to add to Asensio's first half goalIsco was unable to make a difference as Madrid tried to add to their lead but they still go top of the league for now



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ