arrow

भारत–पाक रडाको, शान्ति वार्ताका लागि ‘नोकझोंक’

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
India-pakistan.jpeg

काठामडौं । भारत र पाकिस्तानबीचको वार्ताका लागि अनेकथरि अड्कलबाजी भइरहेका छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले वार्ताका लागि आब्हान गरेपछि भारतले जवाफ दिएको छ – जहिलेसम्म हाम्रा जवानहरु शहीद हुने क्रम जारी रहन्छ तबसम्म पाकिस्तानसंग वार्ता हुँदैन । 

पछिल्लो समय तीन पुलिसलाई पाकिस्तानले मारेपछि भारतले विदेशमन्त्रीस्तरीय भेटवार्ता स्थगित भएको छ । 

यसबारे प्रतिक्रिया दिँदै खानले भने घमण्ड र नकारात्मक भनेका छन् । 

खानले वार्ताका लागि भन्दै भारतलाई चिठी नै लेखेका थिए । उनले गत बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेर शान्ति वार्ता फेरि सुरु गर्न अपील गरेका हुन् । 

पाकिस्तानी प्रधानमन्त्री खानले भारतले वार्तामा रुची नदेखाएपछि आफ्नो ट्वीटर पेजमा एक सन्देश लेख्दै भनेका छन्, “भारत–पाकिस्तानबीचको शान्ति वार्तालाई पुनः आरम्भ गर्ने मेरो आह्वानप्रति भारतको अहङ्कारी तथा नकारात्मक प्रतिक्रियाबाट म दुःखी बनेको छु ।” 

“साना मान्छेले ठूला कार्यालयमाथि नियन्त्रण राख्नुपर्ने मेरो जीवनको अनुभवले र दृष्टिले ठूलो तस्वीर नदेखेको हुनसक्छ ।” 

शुक्रबार दुई विशिष्ट प्रहरी अधिकारी र एक जना प्रहरी जवानलाई जम्मु–काश्मिरमा अपहरणपछि क्रुरतापूर्ण हत्या गरेको केही घण्टापछि भारतीय विदेशमन्त्री शुषमा स्वराज र पाकिस्तानी विदेशमन्त्री शाह मेहमुद कुरेसीबीच हुने भनी प्रस्तावित वार्ताबाट भारत पछि हटेको सङ्केत गरेको थियो ।  

यस पहिले यही सेप्टेम्बरको १८ गते सीमा सुरक्षा बलका प्रहरी जवान नरेन्द्र सिंहको पनि जम्मु नजिकैको भारत–पाकिस्तानको अन्तराष्ट्रिय सिमाक्षेत्रमा बन्दूक बोकिरहेको अवस्थामा हत्या भएको थियो । 

शुक्रबार भारतीय विदेश मन्त्रालयले आफ्नो निर्णय घोषणा गर्दै पाकिस्तानी प्रधानमन्त्रीको वास्तविक अनुहारलाई सिमानामा भएका हत्याले छर्लङ्ग देखाएको बताएको थियो । 

भारत तथा पाकिस्तानका विदेशमन्त्रीहरूबीच संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभाका अबसरमा भेट हुने कार्यक्रम तय भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ