arrow

माल्दिभ्समा मतदान सुरु, विपक्षीले निर्वाचन प्रक्रियामा उठाए प्रश्न 

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
maldives.JPG

काठमाडौं । माल्दिभ्समा विवादास्पद राष्ट्रपति निर्वाचन सुरु भएको छ । आइतबार विवादको बीचमा माल्दिभ्स नयाँ राष्ट्रपतिका लागि निर्वाचनमा होमिएको हो । निर्वान सुरु हुनुभन्दा केही समयअघि विपक्षीको प्रचारको मुख्यलयमा प्रहरीले छापा मारेको थियो ।
 
अन्तर्राष्ट्रिय समुदायले पनि माल्दिभ्सको निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् । अधिकारीहरुले दिएको जानकारीअनुसार बिहानैदेखि आफ्नो मताधिकारको प्रयोगका लागि राजधानी सहरमा मानिसहरु भेला भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । यो निर्वाचनमा वर्तमान राष्ट्रपति अब्दुल्ला यामिन र इब्राहिम मोहम्मद सोलिहको बीचमा प्रतिस्पर्धा हुनेछ । 

यामिन चीनसँग निकै निकट मानिन्छन् । उनको कार्यकालमा माल्दिभ्समा चीनको प्रभाव अत्यधिक बढेको छ । अमेरिकाले माल्दिभ्सको लोकतन्त्र कमजोर पार्नका लागि चीनले चाल चलेको आरोप लगाएको छ । यो निर्वाचनमा २ लाख ६० हजार मानिसहरुले भोट दिनसक्ने बताइएको छ । 

माल्दिभ्सले स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुलाई पनि नियमनको अनुमति दिएको छैन । यो निर्वाचन धेरै हदसम्म सत्ताधारी पार्टीप्रति झुकेको नियमनहरुले बताएका छन् । 

एसियाको स्वतन्त्र नियमन गर्ने संस्थाले निष्पक्ष निर्वाचन हुने सम्भावना निकै कमजोर रहेको बताएको छ । पर्यवेक्षकहरुले मतदानको पूर्वसन्ध्यामा माल्दिभ्सका मानिसहरुमा निराशाजनक अवस्थाको सिर्जना उपलब्ध गराएको हुनसक्ने बताएका छन् । 

प्रजातान्त्रिक व्यवस्थाबाट निर्वाचित भएका पहिलो राष्ट्रपति मोहम्मद नशीद अहिले निर्वासित जीवन बिताइरहेका छन् । उनले शुक्रबार अन्तर्राष्ट्रिय समुदायसँग यो निर्वाचनको नतिजालाई स्वीकार नगर्नका लागि आग्रह गरेका छन् । सबै विपक्षी पार्टीहरु उनको विरुद्धमा रहेको अवस्थामा यामिनले जित्ने आधार नरहेको भए पनि उनले आफ्नो शक्तिको प्रयोग गर्दै नतिजा आफ्नो पक्षमा पार्नसक्ने उनले औंल्याएका हुन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ