साम्यवाद ताक्ने नेकपा हिटलरको फाँसीवाद अँगाल्दैछ ?
सुदर्शन अर्याल,
प्रकाशित २०७५ असोज ७ आइतबार
631
Shares
नयाँदिल्ली। नेपालमा पनि केही राजनीतिक दलले समय समयमा बोलिरहने फाँसीवाद यतिबेला विश्व राजनीतिमा पनि चर्चामा छ। छिमेकी मुलुक भारतमा त फाँसीवादको आवश्यकताको विषयमा प्रतिपक्षी दलका नेताहरुले अभिव्यक्ति दिएपछि फाँसीवादप्रति जनताको धारणा के छ भनेर विदेशीले स्वतन्त्र अध्ययन समेत गरिसकेका छन् ।
नेपालमा पनि नेकपाको दुई तिहाई सरकारका केही गतिविधिहरुले नेपालको सरकार पनि फाँसीवादको भर्याङ टेकेर साम्यवादको बाटोमा त छैन भन्ने आशंका बढ्न थालेको छ ।
हो फाँसीवाद ? के छ तानाशाह र फाँसीवादकोबीचमा फरक ?
वास्तवमा फाँसीवाद जनवादको स्पष्ट विरोधीवाद हो । केन्द्रीय कार्यपालिकामा एक प्रकारको केन्द्रीय अधिनायकवादी समिति हुने र जनसत्ताको स्थानमा नेतृत्व सत्ता हुनु नै फाँसीवादको मुख्य विशेषता हो ।
फाँसीवाद भन्ने शब्दसँग जर्मनीका पूर्व शासक हिटलरलाई सम्झिने गरिन्छ । तर फाँसीवादको पिता भने हिटलर आफू थिएनन् । विश्वमा चर्चाको विषयमा आउने गरेको फाँसीवादको प्रचारमा मुख्य श्रेय मुसोलिनीलाई जान्छ ।
यो उत्तरसँग फेरि अर्को जिज्ञासा उठ्न सक्छ कि के मुसोलिनी हिटलर भन्दा पनि बढी क्रुर शासक वा फाँसीवादी थिए ? के हो फाँसीवाद र राजनीतिक प्रवृत्ति कसरी वन्छ फाँसीवाद ? बेन्जामिन जकारिया नामका एक अनुसन्धानकर्ताले भारतीय फाँसीवादको बारेमा गरेको एक अध्ययनमा भनेका छन् कि फाँसीवादलाई एक वर्णनात्मक शब्दको रुपमा देख्नु उचित हुन्छ । उनको यही भनाईमा अर्का अनुसन्धानकर्ता जेरस बानाजीले पनि समर्थन जनाएका छन् । उनीहरुले भारतमा फाँसीवादको चर्चा युरोपले फालेको कार्डमा भारतीयहरु त्रसित भएको विषय उल्लेख गरेको छन् ।
हिटलर र मुसोलिनीको यो फाँसीवाद डार्विनको विकासवादसँग पनि केही मेल खान्छ । अर्थक्रियाकारित्ववाद फाँसीवादको मूल प्राण हो । यो वादले भन्छ कि उत्कृष्ट जातीको यो प्रकृतिसिद्ध अधिकार हो कि निकृष्ट जातिलाई शासन गर्नु । यो वादका अनुसार मानव इतिहास एक युद्धको कहानी हो ।
मानिसले केही प्रगति गर्नुछ भने त्यो युद्धवाट नै सम्भव हुन्छ भन्ने मान्यता यो वादको छ । यो वादले राज्य, देश र नेताको भक्तिलाई मूल प्रश्रय दिएको छ । यसमा जतिपनि राजनीतिक उपलब्धी हाँसिल हुन्छ । त्यो सरकार र नेताको भक्तिवाट नै मिल्छ । यो वादले राज्यलाई साधक मान्छ भने त्यहाँका जनतालाई साधन मान्छ ।
जनसमूह एक स्त्रीको व्यवहार जस्तै हो भन्दै योवाद भन्छ जनसमूह जो वलवान एवं नाटकीय व्यक्ति छ उसैतर्फ आकृष्ट हुन्छन् । भारतमा फाँसीवादको वारेमा जनताको मतको विषयमा अनुसन्धान गरेका बेजामिन जकारियाले भनेका छन् कि भारतमा फाँसीवादप्रति धेरै पहिलेदेखि आकर्षण बढ्दै आएको थियो । विनायक दामोदर सावरकर, गुरु गोलवलकर, हेडगेवारका अलावा सुभाष चंद्र बोसले पनि फाँसीवादको पक्षमा धेरै काम वकालत गरेको जकारियाले बताएका छन् ।
उनको विचार थियो कि भारतमा फाँसीवाद तथा कम्युनिस्ट मिलेर साम्यवाद नामक एक राजनीतिक प्रणालीको गठन गर्न सकिन्छ । यसरी भारतमा साम्यवाद ल्याउन अभियान चलाउने अभियान्ताहरुले साम्यवादको निमित्त फाँसीवादलाई माध्यम माानेका थिए । नेपालमा पनि अहिले साम्यवादको नारा लगाउने कम्युनिष्टहरुले यही हिटलर र मुसोलिनीको फाँसीवादलाई त अँगाल्न लागिरहेका छैनन् भन्ने आशंका गर्न सक्ने स्थिती सिर्जना भएको छ ।
फाँसीवादको मूल दुई तत्व के हो भन्ने प्रश्न आउँछ भने भारतीय लेखक अपूर्वानन्द भन्छन् एक त शासनकालागि समुदाय प्रति घृणा र अर्को हिंसाको पूजा ।
विस्तृतमा यस्तो छ फाँसीवादका मूल लक्षण
फाँसीवादको मूल लक्षणको बारेमा पाश्चात्य लेखक डा लरेन्स ब्रिट भन्छन् 'एक राजनीतिक विज्ञान जसले फाँसीवादी शासक जस्तै हिटलर (जर्मनी), मुसोलिनी (इटली) फ्रेन्को (स्पेन), सुहार्तो (इंडोनेशिया), तथा पिनोचेट (चिली)का अध्ययनबाट मैले फाँसीवादको मूल लक्षणहरुलाई यसरी विस्तार गरेको छु ।
१. शक्तिएकत्रित गर्नु र उग्र राष्ट्रवाद — फासिस्ट शासन वा फाँसीवादीहरु देश भक्ति देखाउनको लागि आवश्यकता भन्दा बढी समय खर्च गर्छन् । राष्ट्रवादको आदर्श वाक्य, गीत, नारा , प्रतीक तथा अन्य यस्तै सामग्रीको निरन्तर उपयोग गर्दछन् । यो शासनमा हरेक तरह झण्डाको राजनीति चलिरहन्छ ।
२. मानव अधिकारको मान्यताप्रति तिरस्कार — फाँसीवादी शासन व्यवस्था एक तानाशाही व्यवस्था भएकोले जनतालाई आफ्नो विरुद्ध आवाज उठाउन नसक्ने बनाउनको लागि पनि मानवअधिकारको मान्यताप्रति तिरस्कार गर्ने गरिन्छ ।
यो शासनमा माथि उल्लेख गरिएका बाहेक सेनामा एकदमै धेरै लगानी बढाउने र उनीहरुमा हौसाला बढाईराख्ने, उग्रलिंग (विभेदीकरण अर्थात् फाँसीवादी राष्ट्रका सरकार लगभग महिलालाई शोषण गर्ने र पुरुष प्रधान हुन्छन् ।
फाँसीवादमा गर्भपातलाई प्रतिबन्ध लगाईन्छ । कानून तथा राष्ट्रीय नीति होमोफोबिया तथा गे विरोधी हुन्छ । फाँसीवादमा सञ्चारमाध्यमको कुनै अस्तित्व रहँदैन भने सबै भएका मिडियाहरु पनि सरकारको नियन्त्रणमा हुन्छ । सामान्य युद्धकालीन प्रतिबन्ध विशेष रूपले हुन्छ । राष्ट्रीय सुरक्षाको अस्त्र फालेर सरकार सधैंभरी जनतालाई त्रासमा राखिरहन्छ । ताकि आफ्नो विरुद्ध कसैले पनि आवाज उठाउन नसकोस् ।
फासिस्ट देशमा सरकारको एक एक उपकरणको रुपमा प्रयोग गर्नको लागि प्रयोग गरिन्छ । धर्म प्रतिबन्ध हुन्छ । यस बाहेक पनि व्यापारिक शक्ति संरक्षण श्रम शक्तिलाई दबाएर राख्नु,बुद्धिजीवि तथा कलाप्रति तिरस्कार,उग्र भाइ-भतीजावाद तथा भ्रष्टाचार फाँसीवादका मूल विशेषताहरु हुन् । यसमा चुनावको अभाव लगायतका सर्ववेदितव्य विषय पनि समावेश हुनसक्छ । (लेखक अर्याल नयाँदिल्लीमा अध्ययनरत छन् ।)