-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा चेल्सीले लय गुमाउँदा आर्सनललाई राहत भएको छ ।
चेल्सीले लिगको छैटौं खेलमा वेष्टह्याम युनाइटेडसंग गोलरहित बराबरी खेल्यो ।
यो बराबरीले चेल्सीको जितको यात्रा त बन्द गरायो नै अंक तालिकामा पनि तेस्रो स्थानमा झार्यो ।




१०० % नतिजाका साथ लिभरपुल १८ अंकसहित शीर्ष स्थानमा रहँदा १६ अंकको म्यान्चेस्टर सिटी दोस्रो तथा समान अंककै चेल्सी तेस्रो स्थानमा छ ।
१३ अंकको वाट्फोर्ड चौथो तथा १२ अंकबाट टोटनह्याम र आर्सनल क्रमशः पाँचौं र छैटौं स्थानमा छन् ।


आर्सनलले शनिबार राति एभर्टनलाई २–० ले हरायो । एलेक्जेन्डर लाकाजेट्टे र पिएरी एम्रिक औबामेले १–१ गोल गरे ।

