काठमाडौं । रातो कार्ड पाएपछि ठेगानमा आएका क्रिष्टियानो रोनाल्डोले गोल गरेका छन् । च्याम्पियन्स लिग फुटबल अन्तर्गत गत बुधबारको खेलमा भ्यालेन्सियाविरुद्ध रातो कार्ड खाएका रोनाल्डोले आइतबार राति भएको इटालियन सिरिएको खेलमा गोल गर्दै युभेन्टसलाई जिताए ।
युभेन्टसले १०० % खेल प्रदर्शनलाई कायमै राख्ने क्रममा फ्रोसिनोनलाई २–० ले हरायो ।
८१ औं मिनेटमा गोल गर्दै रोनाल्डोले डेडलक तोडे भने इन्जुरी समयमा फेडेरिको बर्नार्डस्चीले अर्को गोल थपे ।
लिगमा ५ खेलबाट युभेन्टसको १५ अंक छ । नापोलीको १२ तथा फिओरेन्टिनाको १० अंक छ ।