arrow

सिरियामा अमेरिकी गठबन्धन सेनाको आक्रमणमा परी ३३ सयको मृत्यु

logo
प्रकाशित २०७५ असोज ८ सोमबार
siriya2.jpg

काठमाडौं । सिरियामा आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)को विरुद्धमा अमेरिकाको गठबन्धन सेनाले पछिल्लो चार वर्षमा गरेको आक्रमणमा परी तीन हजारभन्दा बढी मानिसहरुको ज्यान गएको छ ।  

सिरियाको युद्धको विषयमा जानकारी राखिरहेको बेलायती संगठन ‘सिरियन अब्टेक्टरी फर ह्युमन राइट्स’ले आइतबार यस्तो विवरण सार्वजनिक गरेको हो । 

अमेरिकी नेतृत्वको गठबन्धन सेनाले छिमेकी मुलुक इराकमा गरेको आक्रमणमा १००० नागरिकहरुको ज्यान गएको विवरणमा उल्लेख गरिएको छ । अमेरिकाले भने नागरिकहरुलाई कुनै पनि क्षति नहोस् भन्नका लागि सक्दो प्रयास भइरहेको बताएको छ । सन् २०१४ देखि अमेरिकी गठबन्धन सेनाले इराकमा आतंकवादी संगठनविरुद्ध कारबाही सुरु गरेको थियो । 

सिरियामा सन् २०११ मा राष्ट्रपति बसर अल असदको विरुद्धमा आन्दोलन सुरु भएको थियो । असदले यो आन्दोलन दबाउने नीति लिए । त्यसपछि आन्दोलन मुलुकभर फैलिन पुग्यो र राष्ट्रपतिको राजीनामा माग गरियो । 

लगातार रुपमा आन्दोलन बढ्दै गए पनि माग सुनावाइ नधएपछि विरोधीले हतियार उठाएका थिए । त्यसयता सिरियाले गृहयुद्धको सामना गरिरहेको छ । 

युद्धको नियमन गरेको संस्थाले अमेरिकी गठबन्धन सेनाको आक्रमण सुरु भएयता सिरियामा ३३३१ नागरिकहरुको ज्यान गइसकेको विवरण सार्वजनिक गरेको छ । 

नियमन संस्थाका प्रमुखले मर्नेमा ८२६ बच्चा र ६१५ महिलाहरु रहेको बताए । यद्यपि अमेरिकी सेनाको गठबन्धनले भने नागरिकहरुलाई बचाउन हवाई आक्रमणको क्रममा हरसम्भव प्रयास गरिने गरिएको बताउँदै आएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ