arrow

लगानीमैत्री वातावरण बनाउन उद्योगी व्यवसायीको माग

अर्थमन्त्री भन्छन् : तीन महिनाभित्र कानुन आउाछन् 

logo
प्रकाशित २०७५ असोज ८ सोमबार
fncci-building-teku.gif

बुटवल। नेपालका उद्योगी व्यवसायीहरुले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन्। उनीहरुले लगानीमैत्री वातावरण बनाई देशमा स्वदेशी लगानीकर्तालाई प्रेरित गर्न र विदेशी लगानीकर्ताहरुलाई भित्र्याउन माग गरेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघ बुटवलको साधारणसभाका क्रममा उद्योगी व्यवसायीहरुले नेपाल सरकार सार्वजनिक निजी साझेदारी नीतिप्रति प्रतिबद्ध भएपनि देशमा लगानीका लागि लगानीमैत्री वातावरण बन्न नसकेको र लगानीकर्ताहरुले दृश्य या अदृश्य रुपमा यस्ता झमेलाहरु खेप्नुपरेको गुनासो गरेका छन्। 

उद्योगीहरुको गुनासोपछि अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले आगामी बढीमा तीन महिनाभित्रमा लगानीमैत्री कानुनहरु ल्याइसक्ने धारणा राखेका थिए। उनले भने, देशमा स्थायी सरकार र संघीय व्यवस्था सुरु भएकोले सरकारको अबको कार्यक्रम आर्थिक विकास नै हो भन्दै यसका लागि ढुक्क हुन आग्रह गरेका थिए।

उक्त साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री खतिवडाले भने अब लगानीका लागि र स्वदेशी पूँजी परिचालनका लागि वातावरण भएन भनेर गुनासो गर्नुपर्दैन सरकारले लगानीमैत्री वातावरणका लागि आवश्यक मात्रामा कानुन छिट्टै ल्याउने छ।  

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको विशेष योगदान र भूमिका रही आएको भन्दै नेपालजस्तो प्राकृतिक स्रोत र सम्पदाको प्रचुरता, भौगोलिक विविधता तर सीमित आर्थिक स्रोत भएको देशको विकासमा सरकार र निजी क्षेत्र सँगसँगै हातेमालो गरेर अघि बढ्नु जरुरी छ भने। 

देशको अर्थतन्त्रलाई गतिशील र ऊर्जावान् बनाउन स्वदेशी तथा विदेशी लगानी अपरिहार्य रहन्छ। निजी क्षेत्रले लगानी वृद्धि गर्दै देशको आर्थिक समृद्धिमा योगदान गर्न सक्छ भन्ने कुरामा हामी विश्वस्त छौँ, उनले भने।

निजी क्षेत्रसँगको सहकार्य र साझेदारीमा कानुनी र नीतिगत रुपमा सरकार स्पष्ट छ भए पनि व्यवहारमा भने व्यवसायीहरुले अनेक झमेलाहरु झेल्नुपरेको बताए। उपाध्यक्ष ढकालसहितका उद्योगी व्यवसायीहरुले नेपाल यतिखेर राजनीतिक संक्रमणबाट पार भइसकेको र देशमा स्थीर सरकार रहेकोले अब मुलुकसँग आर्थिक विकास बाहेकको अर्को कुनै राष्ट्रिय एजेण्डा हुन नहुनेमा जोड दिएका थिए।

देश संघीय व्यवस्थामा गएको र यसको स्थायित्व र दिगोपन पनि अर्थतन्त्रले नै निर्धारण गर्ने भएकोले अब मुलुकको आर्थिक विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने उनहरुले जोड दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ