arrow

चुलियाे डलरकाे भाउ, १ सय १६ नाघ्याे

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
NRB.JPG

काठमाडाैँ । निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ फेरि बढेकाे छ । नेपाल राष्ट्र बैंकले मंगलबार निर्धारण गरेको मूल्यअनुसार, अमेरिकी एक डलरको खरिद दर ११५ रुपैयाँ ९२ पैँसा छ भने बिक्री दर राष्ट्र बैंकले ११६ रुपैयाँ ५२ पैँसा तोकेको छ ।

निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ केही दिन यता स्थिर देखिएकाे थियाे । अमेरिकी डलरकाे भाउ २४ घण्टा भित्रै करिब १ रूपैयाँले बढेकाे हाे ।  नेपाल राष्ट्र बैंकले हिजाे निर्धारण गरेको मूल्य अनुसार, अमेरिकी एक डलरको खरिद दर ११५ रुपैयाँ २२ पैँसा र बिक्री दर  ११५ रुपैयाँ ८२ पैँसा ताेकिएकाे थियाे । डलरकाे मुल्यमा भएकाे  वृद्धिसँगै  अन्य मुद्राहरूसँगकाे  खरिद बिक्री दर पनि  प्रभावित भएकाे छ ।

राष्ट्र बैंकले युरो एकको खरीद दर १३६रुपैयाँ ३८ पैसा र बिक्री दर १३७ रुपैयाँ ०९ पैसा तोकेको छ । मलेसियन रिङ्गिट एकको खरिद दर २८ रुपैयाँ ०७ पैसा र बिक्री दर २८ रुपैयाँ २२ पैसा छ । कतारी रियाल एकको खरिद दर ३१ रुपैयाँ ८४ पैसा र बिक्री दर ३२ रुपैयाँ एक पैसा रहेको छ । कुवेती दिनार एकको खरिद दर ३८३ रुपैयाँ ८३  र बिक्री दर ३८४ रुपैयाँ  छ ।

त्यस्तै, दक्षिण कोरियन एक सयको खरिद दर १० रुपैयाँ ३८ पैसा र बिक्री दर १० रुपैयाँ ४३ पैसा तोकिएको छ । हङ्कङ डलर एकको खरिद दर १४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४ रुपैयाँ ९२ पैसा तय भएको  छ । यो विनियम दरलाई बैंकले आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्नसक्ने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक पर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ