अनौठो चिडियाखानाः सिंह बाहिर, मान्छे पिँजडाभित्र !
प्रकाशित २०७५ असोज ९ मंगलबार
718
Shares
एजेन्सी। जंगलको राजा मानिने सिंहलाई उसको प्राकृतिक बासस्थानमा नजिकबाट देख्नु हरकोही सर्वसाधारणका लागि एक अद्भुत अनुभूति हुन सक्छ। अझ सिंहलाई आफ्नै हातले नजिकबाट खाना खुवाउनु वा आहार दिनु त सामान्य मानिसका लागि सपना जस्तै नै हो।
तर, विश्वमा एक स्थान छ, जहाँ वास्तविकतामै यी कुराहरु सही सावित भईरहेका छन्। यही तपाईं चाहनुहुन्छ भने तपाईंले पनि नजिकबाटै सिंहलाई खानेकुरा खुवाउन सक्नु हुन्छ । न्यूजिल्यण्डको क्रिस्टचर्चस्थित ‘ओराना वाइल्डलाइफ पार्क’मा पुग्ने पर्यटकले आफ्नै हातले सिंहलाई मासु खुवाउने अनुभव बटुल्न सक्छन् । यसका लागि पर्यटकले प्रतिव्यक्ति १५ पाउण्ड रकम खर्चिनुपर्छ।
यसपछि सिंहलाई खाना खुवाउन चाहने पर्यटकलाई एक पिंजडायुक्त गाडीमा राखेर पार्क घुमाइन्छ । पर्यटकका हातमा मासुका साना–साना टुक्रा थमाइन्छ। त्यसपछि पर्यटकले सिंहलाई आफ्नै हातले मासु खुवाउन सक्छन्। ‘ओराना वाइल्डलाईफ पार्क’ न्यूजिल्याण्डको एक मात्रै ‘खुल्ला’ चिंडियाखाना हो।