arrow

यू–१८ एशियन फुटबलमा नेपालले हरायो चीनलाई  

logo
प्रकाशित २०७५ असोज १० बुधबार
u-18-nepali-football.jpg

काठमाडौँ । भारतमा जारी ४६ औँ संस्करणको एशियन १८ वर्षमुनि (यू–१८) स्कुल च्याम्पियनसीपमा नेपालले मंगलबार चीनलाई पराजित गरेको छ । 

भारतको आगरामा भएको खेलमा नेपालले चीनलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । 

यसअघि दुई खेल खेलेको नेपालले दुवै खेलमा हार बेहोरेको थियो । नेपाल थाइल्याण्डसँग २–० र इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो । 

नेपालको जितमा टीका गुरुङले दुई गोल गरे भने दिनेश हेन्जनले एक गोल थपे । खेल सुरुवातीको सातौँ मिनेटमा टीकाले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको ३२ औँ मिनेटमा चीनका खेलाडीले एक गोल गर्दै एक एक गोलको बराबरीमा ल्याए । 

त्यसैगरी खेलको ७० औं । मिनेटमा नेपालका लागि दिनेशले एक गोल थपे भने उनले गोल गरेको चार मिनेट बित्न नपाउँदै टीकाले एक गोल थपे । 

नेपालले समूह चरणको अन्तिम खेल बुधबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ