गगन थापाद्धारा सदनमा ब्यापक छलफल हुने आशासहित सार्वजनिक महत्वको प्रस्ताव दर्ता
प्रकाशित २०७५ असोज ११ बिहिबार
370
Shares
काठमाडौं । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले निजगढ विमानस्थलको विषयलाई लिएर संसदमा व्यापक छलफल गर्नका लागि प्रस्ताव दर्ता गराएका छन् ।
उनले निजगढ विमानस्थल विकासको आकांक्षालाई सम्बोधन गर्ने महत्वपूर्ण पूर्वाधार हो भन्दै यो वृहत आयोजना समयमै सम्पन्न गर्न राष्ट्रिय धारणा बनोस् भनेर सांसदहरु प्रदीप गिरि र दिव्यमणि राजभण्डारीको समर्थनमा सदनमा व्यापक छलफल हुने अपेक्षासहित सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको जनाएका छन् ।
सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै थापाले लेखेका छन्, ‘आयोजनालाई समयमै सफलतापूर्वक सम्पन्न गर्न एउटा राष्ट्रिय धारणा बनोस् भन्ने आसयका साथ सदनमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउँदै सभामुख महोदयसंग छलफल गराउन आग्रह गरेको छु, कदाचित सदनमा हुन नसके सम्बन्धित समितिमा यसमाथि व्यापक विचार विमर्श हुनेछ भन्ने विश्वास छ ।’