प्राथमिक विद्यालयका प्रधानाध्यापक पण्डित मृत भेटिए
प्रकाशित २०७५ असोज १३ शनिबार
821
Shares
बेत्रावती। दुप्चेश्वर गाँउपालिका–३ राउतबेँसीस्थित नवज्योती प्राथमिक विद्यालयका प्रधानाध्यापक गणेश पण्डित शुक्रबार साँझ मृत अवस्थामा भेटिएका छन्। दुप्चेश्वर–७ अम्बोटेका ४५ वर्षीय पण्डित बिहीबार विद्यालयमा पढाउन गएर फर्कने क्रममा हराएकोमा घर नजिकै बाँसबोटे भन्ने जङ्गलमा मृत भेटिएको जिल्ला प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए।
जङ्गल क्षेत्रमा भीरबाट लडेको जस्तो देखिए पनि उनको शरीरको विभिन्न अङ्गमा चोट लागेको, लडेको स्थानभन्दा केही परसम्म समेत रगत देखिएकाले घटनामा अपराध भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ। शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ। रासस