arrow

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा

logo
प्रकाशित २०७५ असोज १३ शनिबार
indonesia.jpg.jpeg

जाकार्ता। इन्डोनेसियामा आएको भूकम्पम परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु दशभन्दा बढी घाइते भएका छन्। इन्डोनेसियाको जलवायु सम्वन्धी कार्यालयले सुनामी समेत आउने चेतावनी दिदै सतर्कता अप्नाउन आह्वान गरेको छ। अधिकारीहरूका अनुसार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि मध्य सुलावेसी प्रदेश र देशको मध्य भागमा यस्तो चेतावनी दिइएको हो।

“भूकम्पपछिको सुनामी आउने देखिएकाले सतर्क हुन आह्वान गरिएको हो,” जलवायु कार्यालयका प्रमुख सुकी डेवीले सिन्ह्वासँग फोनमा भने। इन्डोनेसियामा शुक्रबर दिउसो शक्तिशाली भूकम्प गएको हो। सुरुमा ७.७ म्याग्नीच्युडको भूकम्प पछि ७.४ म्याग्नीच्युडको भएको थियो।

भूकम्प गएको १२ मिनेटपछि पराकम्प भएको थियो। पराकम्प पनि झण्डै ६.१ म्याग्निच्युडको थियो। त्यसैगरी मुख्य भूकम्प गएको तीन घण्टापछि ६.० म्याग्नीच्युडको पराकम्प भएको अधिकारीहरुले जनाएका छन्। सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ