arrow

पशुपतिनाथलाई लक्ष्मी बैकले दियो दुई सफा टेम्पो, बृद्ध र अपाङ्गलाई निशुल्क आवतजावत

logo
प्रकाशित २०७५ असोज १४ आइतबार
laxmi-tampu.jpg

काठमाडौं। लक्ष्मी बैंकले पशुपतिनाथ परिसर भित्र प्रयोगका लागि दुइ थान विद्युतीय सफा टेम्पो हस्तान्तरण गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो सहयोग गरेको हो। सो टेम्पो पशुपतिनाथ मन्दिर परिसर भित्र विषेशगरी बृद्ध र अशक्त भक्तजनहरुलाई निःशुल्क आवत जावतका लागि सञ्चालन हुनेछ।

आइतवार पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको एक कार्यक्रममा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहज्यूले माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीज्यूलाई सफा टेम्पोको साँचो हस्तान्तरण गरेसगै सेवाको शुभारम्भ भएको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ