arrow

आधा रातमा बेलाए ट्रुडोले क्याबिनेट बैठक, अमेरिका–क्यानडाबीच नाफ्टा सम्झौतामा सहमति 

logo
प्रकाशित २०७५ असोज १५ सोमबार
us-canada.png

काठमाडौं । अमेरिका र क्यानडाको बीचमा उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)को विषयमा सहमत भएका छन् । यो सम्झौतासँग सम्बन्धित वरिष्ठ स्रोतका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताको लागि सहमति दिएका हुन् । 

केही समयअघि ट्रम्पले यो सम्झौता अमेरिकाको लागि निकै खराब किसिमको सम्झौता रहेको बताएका थिए । यो सम्झौता अमेरिका, क्यानडा र मेक्सिको तीन मुलुकहरुको लागि निकै महत्वपूर्ण सम्झौता हो । यो सम्झौताको आधारमा तीन मुलुकहरुको व्यापार तथा कर नियममा धेरै छुट मिल्ने गरेको छ । 

क्यानडाका सञ्चारमाध्यहरुले दिएको जानकारीअनुसार अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटाइजर र क्यानडाका वरिष्ठ अधिकारी सम्झौताको अन्तिम स्वरुप दिने तयारीमा काम गरिरहेका छन् । यो सम्झौताको आधिकारिकरुपमा केही समयपछि संयुक्त घोषणा गरिने अधिकारीहरुले बताएका छन् । 

के हो नाफ्टा सम्झौता ? 

मेक्सिको, क्यानडा र अमेरिकाको बीचमा भएको नाफ्टा सम्झौता विश्वको सबैभन्दा ठुलो व्यापार सम्झौतामध्येको एक हो । यो सम्म्झौता सन् १९९४ देखि कार्यान्वयनमा आएको थियो । यो सम्झौताको कारण यी तीन मुलुकहरुको बीचमा सामग्रीहरु ढुवानीमा लाग्ने कर छुट गरिएको थियो । तीन मुलुकहरुको बीचमा यस किसिमको सम्झौता हुनुको कारण भने यो सम्झौतामा रहेको विभिन्न किसिमको छुट हो । 

व्यापारिक हिसाबमा यी तीन मुलुकहरुले बनाएको नियम निकै सुगम किसिमको छ । जसको कारण अमेरिका र क्यानडाको लागि यो नियम निर्क महत्वपूर्ण मानिँदै आएको हो । 

आधा रातमै बेलाए ट्रुडोले बैठक 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले नाफ्टा सम्झौता पूरा गर्नको लागि आधा रातमा क्याबिनेटको बैठक बोलाएका छन् । अमेरिकाले दिएको अन्तिम समयभन्दा केवल २ घण्टाअघि क्यानडाले आफ्नो औपचारिकता पूरा गरेको हो । 

सन् १९९४ मा भएको यो सम्झौतामा संशोधन गर्नुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले बताउँदै आएका थिए । उनले गत अगष्ट महिनामा यो सम्झौतालाई खराब सम्झौता बताएका थिए । यद्यपि त्यतिबेला भने यो सम्झौता हुन सकेको थिएन । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ