arrow

लगातार भाउ बढाएको आयल निगम भन्छ –‘घाटा अर्बमाथि’

logo
प्रकाशित २०७५ असोज १६ मंगलबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर रु एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो । 

भारतीय आयल कर्पोरेशनले पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै रु ६४ करोड ५७ लाख घाटा भएको छ । 

उनका अनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४५ पैसा, डिजलमा चार रुपैयाँ ४३ पैसा खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ । 

नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ ७५ पैसा र डिजल ३० रुपैयाँ १६ पैसा सस्तो रहेको छ । 

निगमले पटक पटक पेट्रोलियम पदार्थको भाउ बढाउँदै आए पनि घाटा बढ्दै गएको भन्नुलाई भने आश्चर्य रुपमा लिइएको छ । 

यसको गम्भीर छानबिन हुनुपर्ने देखिएको छ । चुहावट बढेको स्पष्ट छ । सीमामा पनि कडाइ गर्नुपर्ने जरुरी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ