दसैंमा घर फर्किन नपाएका श्यामको "हे आमा आउदिन दसैंमा "
प्रकाशित २०७५ असोज १६ मंगलबार
422
Shares
काठमाडौं । दसैंको चहलपहल चली रहेको बेलामा घरदेशीहरुलाई परदेशी फर्कने हुन वा हैनन भनेर मन पोलि रहेको हुन्छ । आँगनमै दसैं, साहुको रिणको दबाब, त्यसमा पनि काखको छोरो परदेशबाट घर आउन नपाएपछि बुढा बा आमा भक्कानिदै दसैँको तडक भडक नियाल्न बाध्य हुन्छन्।
यस्तै परिवेश समेटेर सिन्धुली तिनपाटन गाउपालिका वडा नँ ४ मा जन्मिका गायक श्याम अधिकारिले " हे आमा आउदिन दसैंमा " बोलको गीत ल्याएका छन् ।
गीतमा लय, शब्द र आवाज श्याम अधिकारी कै रहेको छ। गायक अधिकारीले गणित बिषयमा डिग्री गरेका छन् । सानैदेखि गायक बन्ने सपना बोकेका अधिकारीले अध्यायन सकेपछि औपचारिक रुपमा साँगितिक क्षेत्रमा प्रेवश गरेका हुन् ।
गीत र सँगित मार्फत समाजमा भएका बिसँगती ,कुरितीलाई निरुत्साहित गर्दै समाज परिवर्तनमा भुमिका खेल्ने उनले लक्ष्य राअेका छन् ।