arrow

राष्ट्रपति पदको उम्मेदवारबाट पछि हटे बुस

logo
प्रकाशित २०७२ फागुन ९ आइतबार
jeb-bush-01-800.jpg.jpeg
वासिङटन, । फ्लोरिडा राज्यका पूर्व गभर्नर जेब बुस अमेरिकाको राष्ट्रपति पदको उम्मेदबारबाट पछि हटेको समाचार छ ।  बुसले अमेरिकाको राष्ट्रपति निर्वाचनबाट आफू पछि हटेको समाचार शनिबार सार्वजनिक गरेका हुन्  । साउद क्यारोलिना प्राइमरीमा बुस पराजित भएपछि राष्ट्रपतीय निर्वाचनको दौडबाट पछि हटेको  जानकारी गराएका छन् । 
 
साउथ क्यारोलिनाको प्राईमरीमा पछि परेपछि आफ्ना समर्थकहरुलाई दिएको सम्बोधनमा बुसले भने – न्यु ह्यामसायर, आयोवा र साउथ क्यारोलिनाका जनताले मेरो बारेमा धेरै कुरा बोलीनै सकेका छन्  र म जनताको निर्णयको स्वागत गर्दछु । 
 
शनिबार राति साउथ क्यारोलिनाको प्राइमरीको परिणाम आएको थियो । यसअघिका अरु दुईवटा प्राइमरीको परिणाम पनि बुसका लागि त्यति फाइदाजनक थिएनन् । सो राज्यमा भएको मतदानको ८२ प्रतिशत परिणाम सार्वजनिक हुदासम्ममा उहाँले ८.१ प्रतिशतमात्र मत प्राप्त गरेका थिए । त्यस लगत्तै बुसले आफूले प्रतिश्पर्धाको दौडबाट पछि हटेको घोषणा गरेका हुन्  । अमेरिकाको आगामी राष्ट्रपतिको निर्वाचनमा बुस रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार थिए । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ