arrow

नेयमारको अविश्मरणीय ह्याट्रिक

logo
प्रकाशित २०७५ असोज १८ बिहिबार
neymar13.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार रातिको खेलमा फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन पीएसजीले फराकिलो जित निकालेको छ ।

समूह ‘सी’ को खेलमा पीएसजीले सर्बियन क्लव रेड स्टार बेलग्रेडलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको हो । 

ब्राजिलियन स्टार नेयमारले ह्याट्रिक पूरा गरे । पहिलो खेलमा लिभरपुलसँग ३–२ ले पराजित भएको पीएसजीका लागि ब्राजिलियन सुपरस्टार नेयमारले गोलको खाता खोलेका थिए । 

नेयमारले फ्रिकिकमा सीधै गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । बेलग्रेडका डिफेन्डर भुजादीन साभिचले नेयमारलाई फाउल गरेपछि प्राप्त फ्रिकिकमा उनी आफैंले गोल गरेका थिए ।

त्यसको दुई मिनेटमै नेयमारले अग्रता दोब्बर पारे । उनले किलियन एमबाप्पेको पासमा गोल गरेका थिए । ३७ औं मिनेटमा एडिन्सन कभानीले पीएसजीको अग्रतालाई तीन गोलमा पुर्याए । पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहँदा एन्जल डी मारियाले उत्कृष्ट गोल गरे । उनले थोमस मुनिएरको क्रसमा ब्याकहिल गर्दै गोल गरेका थिए ।

युवा फरवार्ड किलियन एमबाप्पेले ७० औं मिनेटमा गोल गर्दै पीएसजीलाई ५–० ले अगाडि बढाए । उनले एडिन्सन कभानीको पासको सदुपयोग गर्दै गोल गरेका थिए । बेलग्रेडका लागि जर्मन मिडफिल्डर मारको मारिनले ७४ औं मिनेटमा गोल फर्काए । उनले लोरेन्जो एबेचिलोको पासमा राम्रो गोल गरे ।

नेयमारले खेलको ८१ औं मिनेटमा दोस्रो फ्रिकिक गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । एबेचिलोले उनलाई पेनाल्टी क्षेत्रबाहिर लडाएपछि प्राप्त फ्रिकिकमा नेयमारले सिधै गोल गरेका थिए । 

नेयमारले ह्याट्रिकसँगै च्याम्पियन्स लिगमा ३० गोल पनि पूरा गरेका छन् । 

यो जितसंगै पीएसजीले अंकको खाता खोलेको छ । समूहमा पीएसजी र बेलग्रेडसँगै इटालियन क्लब नेपोली र इंगलिश क्लब लिभरपुल रहेका छन् । 

लिभरपुल बुधबार राति नापोलीसंग १–० ले विजयी भएको छ । 

Neymar stole the show with a fantastic hat-trick in PSG's 6-1 rout of Red Star Belgrade

Neymar is now the joint-highest scoring Brazilian in Champions League history with 30 goals

Thomas Tuchel reacts with laughter after Neymar netted his dazzling hat-trick goal late on

Kylian Mbappe scored in the 70th minute as PSG made it 5-0 at the Parc des Princes

Marko Marin added a consolation goal for Red Star in the 74th minute against the Ligue 1 side

The 19-year-old Mbappe has now scored 12 goals in 16 Champions League starts in his career

Angel di Maria flicks home PSG's fourth goal after a brilliant ball in by Thomas Meunier

The Argentinian produces his trademark celebration after putting PSG 4-0 in front in Paris

Edinson Cavani put Thomas Tuchel's side 3-0 ahead thanks to a deflected effort on goal

Cavani's effort came off Milos Degenek, leaving Milan Borjan with no chance in goal



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ