arrow

दुई जना परे राजश्व छलीको फन्दामा 

logo
प्रकाशित २०७५ असोज १८ बिहिबार
arrest.jpg.jpeg

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ बाट नक्कली बिल बनाइ राजश्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ । 

को१च ५०४ नं को बोलेरोमा नक्कली बिल बनाइ मदिरा लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका रामधुनी नगरपालिका–५ झुम्काका काशीराम चौधरी र अनिलकुमार चौधरीलाई बुधबार पक्राउ गरी राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र फुँयालले  जानकारी दिए । 

उक्त गाडीमा उमङ्ग, गोर्खा बियर, रुसलान भोट्कासहित १५ प्रकारका मदिरा थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ