काठमाडौ। विद्या संस्कार स्कुल थापागाँउको स्कूल वसले किचेर महाराजंगञ्जमा दुई जना एमडी पढ्दै गरेका विद्यार्थीको मृत्यु भएको छ। विद्यार्थी छोड्न गएको विद्या संस्कार स्कुलको बसले कान्ति वाल अस्पताल र त्रिवी शिक्षण अस्पतालको पछाडीको ओरालोमा अनियन्त्रित भएर मटरसाइकल सभार यात्रुलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट दुईको घटनास्थलमै मृत्यु भएको छ। घटनास्थलमा रहेकी स्थानिय दिपिका खड्काका अनुसार मृतक दुईजना त्रिवी शिक्षण अस्पतालमा मेडिकल साइन्स अध्ययनरत विद्यार्थी रहेका हुन।
महाराजगञ्ज प्रहरी वृत्तका प्रहरी सहायक निरिक्षक सुरेश खत्रीका अनुसार मृत्यु हुनेमा डा.सञ्जिव सुवेदी र डा.सन्नी आनन्द । छाला तथा यौन रोगमा एमडी गरिरहेका विद्यार्थी हुन्। डा. आनन्द भारतिय नागरिक हुन्। इमरजेन्सीमा लयाईएका दुबैलाई मृत घोषित गरिएको थियो । घटनामा अन्य केहि बटुवा पनि घाइते भएका छन्। उनीहरुको पोष्टमार्टमका लागि उनीहरु अध्ययन गरेकै शिक्षण संस्था त्रिवी शिक्षण अस्पताल पठाइएको छ। स्कुल बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।