arrow

स्याङ्जाका चार पत्रकार सम्मानित हुँदै

logo
प्रकाशित २०७५ असोज १८ बिहिबार
patrakar-samman1.JPG

स्याङ्जा । नेपाल प्रेस युनियन स्याङ्जा शाखाको आठौं अधिवेशन तथा दशौं साधारणसभाका अवसरमा जिल्लामा क्रियाशिल ४ जना पत्रकारलाई सम्मान गरिने भएको छ  ।

प्रेस युनियन स्याङ्जा शाखा तथा प्रतिभा छनौट समितिको बिहीवार बसेको बैठकले स्याङ्जाका क्रियाशिल ४ जना पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको  हो । उनीहरुलाई  असोज २० गते शनिवार स्याङ्जा सदरमुकाममा आयोजित अधिवेशन उद्घाटन सत्रमा सम्मान गरिने भएको हो ।

प्रेस युनियन क्रियाशिल पत्रकारिता पुरस्कारबाट प्रेमराज पौडेल, प्रेस युनियन कृषि पत्रकारिता पुरस्कारबाट प्रकाश डोटेल, प्रेस युनियन जोखिम पत्रकारिता पुरस्कारबाट भवानी अधिकारी, प्रेस युनियन आर्थिक पत्रकारिता पुरस्कारबाट राधाकृष्ण डुम्रे छनौट भएको प्रतिभा छनौट समितिका संयोजक एवं प्रेस युनियन स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले जानकारी दिए ।

सम्मानित हुन लागेका पत्रकारहरुले स्याङ्जालाई कर्मथलो बनाएर एक दशक भन्दा लामो सयम पत्रकारिता गरेका छन् । उक्त पुरस्कार जिल्लामा पहिलो पटक वितरण गर्न लागिएको प्रतिभा छनोट समितिका सदस्य तथा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माले जानकारी दिए ।
 
उल्लेखित क्रियाशिल पत्रकारिता पुरस्कारको संरक्षक प्रेस युनियन स्याङ्जा शाखा, जोखिम पत्रकारिताको संरक्षक संविधानसभाका सदस्य राजु थापा, रुद्र—जमुना शैक्षिक प्रतिष्ठानद्धारा आर्थिक पत्रकारिताको पुरस्कारको संरक्षक समाजसेवी भरतराज ढकाल र कृषि पत्रकारिताको संरक्षकमा युवा उद्यमी खुमा प्रसाद अर्याल रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ