arrow

विवादमा परेपछि बाहिरिए रोनाल्डो पोर्चुगलको टोलीबाट 

logo
प्रकाशित २०७५ असोज १९ शुक्रबार
Euro_Ronaldo.jpg.jpeg

काठमाडौं । विश्वकप फुटबलपछि केही समय व्यवसायिक खेलका लागि युभेन्टसमा समय दिनु पर्ने भएकाले पोर्चुगलको राष्ट्रिय टिममा नराख्न आग्रह गरेका क्रिष्टियानो रोनाल्डोलाई अहिले भने विवादमा परेपछि हटाइएको छ । 

रोनाल्डो पोल्याण्ड र स्कटल्याण्डविरुद्ध खेल्ने पोर्चुगलको टोलीमा सामेल हुने छैनन् । रोनाल्डोलाई पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले नखेलाउने निर्णय लिएका हुन् । 

पोर्चुगलले अक्टोबर ११ मा पोल्याण्डविरुद्ध र १४ अक्टोबरमा स्कटल्याण्डविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।

रोनाल्डोलाई आगामी नोभेम्बरमा हुने अन्तर्राष्ट्रिय खेलका लागि पनि टिमबाट हटाइएको छ । सम्भवतः रोनाल्डो राष्ट्रिय टिममा फर्कन नसक्ने अनुमान गर्न थालिएको छ । 

रानाल्डोमाथि अमेरिकी एक महिलाले यौन आरोप लगाएकी थिइन् । सन् २००९ मा उनले यौन शोषण गरेको आरोप लागेको छ । रोनाल्डोले यो दुस्कर्म आफुले नगरेको बताउँदै आएका छन् । रोनाल्डोले पोर्चुगलका लागि १५४ खेलमा ८५ गोल गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ