पृथ्वी शाले सचिन तेन्दुलकरलाई भने ‘सर तपाईलाई निराश पार्ने छैन’
प्रकाशित २०७५ असोज १९ शुक्रबार
329
Shares
काठमाडौं । डेब्यु खेलमै टेष्ट क्रिकेटमा शतक बनाएका पृथ्वी शालाई क्रिकेटका बादशाह सचिन तेन्दुलकरले बधाइ दिएका छन् ।
राजकोटमा वेष्ट इन्डिज विरुद्ध बिहीबारदेखि भइरहेको टेष्टमा १८ वर्षे शाले डेब्यु खेलमै १३४ रन बनाएका थिए । उनले ९९ बलमा १०० तथा १५४ बलमा १३४ रन बनाएका हुन् ।
शा डेब्यु खेलमा शतक बनाउने सबैभन्दा कम उमेरका भारतीय पनि बनेका छन् । उनले उक्त शतक आफ्ना बाबुलाई समर्पित गरेका छन् । भने, ‘मेरो बुबाले मेरा लागि ठूलो त्याग गर्नुभएको छ ।’
त्यस्तै सचिनले ट्वीटरमा दिएको बधाइप्रति उनले भने, ‘सचिन सर तपाईलाई धेरै धेरै धन्यवाद । तपाईको यो ट्वीटले मलाई धेरै अर्थ राख्छ । बाल्यकालमा तपाईले दिएका टिप्सहरु मैले अपनाएको छु । सर तपाईलाई निराश पार्ने छैन ।’
सचिन भन्दा पृथ्वी तेज
सचिनले १६ वर्ष २०५ दिनमा पहिलो टेष्ट खेलेका थिए । पहिलो टेष्टमा सचिनले १५ रन बनाए । पृथ्वीले १८ वर्ष ३२९ दिनमा पहिलो टेष्ट खेल्दै १३४ रन बनाए ।
सचिनले पहिलो रणजी ट्रफीमा १०० रन बनाउँदा पृथ्वीले १२० रन बनाए । सचिनले पहिलो दलिप ट्रफीमा १५९ रन बनाउँदा पृथ्वीले १३७ रन बनाएका थिए ।