arrow

पप्पुका मालिक सांसद रौनियार पदबाट स्वतः निलम्बनमा

logo
प्रकाशित २०७५ असोज १९ शुक्रबार
papu.jpg

काठमाडौं ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सांसद हरिनारायण रौनियारविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। यो सँगै पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष रौनियार स्वतः निलम्बनमा परेका छन् ।

बर्दियाको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको, पुल बनाउँदाखेरि नै बाङ्गो देखिएको र उद्घाटन नहुँदै भत्किएको भन्ने व्यहोराको उजुरीमाथि अनुसन्धान गर्दा दोषी भेटिएको ठहर गर्दै अख्तियारले रौनियार, उनका छोरा सुमितलगायत १२ जना कर्मचारीविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रौनियार सत्तारुढ संघीय समाजवादी फोरमका संसद हुन् । रौनियारले १९ करोड २५ लाख हिनामिना गरेको अख्तियारको दाबी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ