९० लाख बढि प्रयोगकर्ता रहेको मार्ग एकाउन्टिङ सफ्टवेयर नेपालमा
प्रकाशित २०७५ असोज १९ शुक्रबार
522
Shares
काठमाडौं । नेपालमा लेखा प्रणाली व्यवस्थित गर्नका लागि लागि नेपालमा अन्तराष्ट्रिय स्तरको सफ्टवेयर नेपालीहरु माझ आएको छ । भारतीय कम्पनी कम्पुसफ्ट स्तरको सफ्टवेयर नेपालीहरुमा माझ आएको छ ।
भारतीय कम्पनी कम्पुसफ्टद्धारा निर्मित मार्ग एकाउन्टिङ सफ्टवेयर आजदेखि नेपाली प्रयोगकर्ताहरुका माझमा आएको हो । नेपाली कम्पनीहरु तपेश्वरी टेक सोलुसन प्रालि र नेपाल इ आर पी इन्टरप्राइजेज विरगंजले नेपाली वजारमा यो सफ्टवेयर भित्र्याएको हो ।
सो सफ्टवेयरका अन्तराष्ट्रिय वजारमा ९० लाख भन्दा बढि प्रयोगकर्ता रहेका छन् । साथै यसको ८ सय भन्दा बढि विक्रि केन्द्र रहेको नेपाल इ आर पी इन्टरप्राइजेज विरगंजका अध्यक्ष संजिव गुप्ताले जनकारी दिए।
यो सफ्टवेयरले गहना खरिद विक्रिको व्यवस्थापन, लेखा प्रणालीको वयवस्थापन, धितो कारोबारको व्यवस्थापन, बार कोर्डको विलिङ गर्न सकिने तथा डिजिटल वारेन्टीका साथै डिजिटल ग्राहक कार्ड प्रयोग गर्न सकिने छ ।