arrow

थाइल्याण्ड नरेशलाई एक हजार छ सय सुरक्षाकर्मी

logo
प्रकाशित २०७५ असोज २० शनिबार
maha-vjiralongkorn-thailand-king.jpg

बैङ्कक। थाइल्याण्डका राजा र उनको परिवारका लागि झण्डै एक हजार ६०० सुरक्षाकर्मी खटाइएको छ। राजा महा भाजिरालोङकोर्न र उनको परिवारका लागि यति ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरु खटाइएको सुरक्षा स्रोतले शुक्रबार जनाएको छ।

थाइल्याण्डको राजसंस्थालाई उच्च सम्मानकासाथ हेरिन्छ भने त्यही अनुसारको सुरक्षा व्यवस्था गरिएको छ। थाइल्याण्डका जनताले अति आदर गर्ने तत्कालिन नरेश भूमिबोलको निधन भएपछि अहिले उनका छोरा राजा बनेका छन्।

स्वघोषित विषेश सेवा विभाग नवनियुक्त प्रमुख तोर्साक सुक्भीमोलले एएफपीलाई दिएको जानकारी अनुसार हालै मात्र ४०० सुरक्षाकर्मीहरु थपिएका छन्। थपिएका सुरक्षाकर्मीहरु अपराध नियन्त्रण विभागबाट ल्याइएको उनले जानकारी दिए। उनीहरुलाई शाही परिवारको सुरक्षा र संस्कारका बारेमा पनि प्रशिक्षित गरिएको छ।

“अहिले थपिएका सहित गरेर कुल सुरक्षाकर्मीहरुको संख्या एक हजार ६१७ पुगेको छ” तोर्साकले भने। उनीहरुले करिब पाँच बर्ष त्यहाँ सेवा गर्ने बताइएको छ। शाही सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुलाई दश उप विभागमा विभाजन गरेर जिम्मेबारी दिइएको छ। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ