arrow

अष्ट्रेलियन डलरको बिक्री एनआईसी एशिया बैंकले शुरु गर्‍यो

logo
प्रकाशित २०७५ असोज २० शनिबार
nic-asia-bank.png

काठमाडौं। एनआईसी एशिया बैंकले अष्ट्रेलियन डलर नगद आयात गरी बिक्री शुरु गरेको छ। ग्राहकहरूको चाहना अनुरूप आफ्ना सेवाहरूलाई अझ विस्तार गर्दै बैंकले आफ्नो सेवालाई बजारमा अभाव रहेको अष्ट्रेलियन डलर नगद आयात गरी बिक्री शुरु गरेको जनाएको छ। बैंकसँग हाल अमेरिकी डलर, अष्ट्रेलियन डलर लगायत विदेशी मुद्राको नगद संञ्चित यथेष्ठ रहेको पनि बैंकले जनाएको छ।

प्रचलित विनिमय दर बमोजिम ग्राहकहरूको आवश्यकता अनुसार निर्वाध सटही सुविधा प्रदान गरिरहेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

प्रक्रिया पुर्‍याएर आउने ग्राहकले भिसा यूएसडी प्रिपेड कार्डसमेत ढुक्कसँग खरिद गर्न सक्ने पनि बैंकले जनाएको छ। बैंकले काठमाडौं उपत्यकाका सबै शाखाहरूमा प्रशस्त मात्रामा अष्ट्रेलियन मुद्रा लगायत अन्य विदेशी मुद्राहरु उपलब्ध भएकाले ग्राहकहरु रित्तो हात फर्कनुपर्ने अवस्था नरहेको जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ