नविनाको बाचाः विद्यार्थी राजनीतिलाई वद्नाम हुन दिन्न
कुनै चुनाव नहारेकी लामा फेरि निर्वाचित
प्रकाशित २०७२ फागुन ९ आइतबार
1.3k
Shares
काठमाडौं। नेकपा एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिवेशनबाट नविना लामा निर्वाचित भएकी छन्। अध्यक्षका लागि पार्टी अध्यक्ष केपी ओली निकटको संस्थापन पक्षबाट उमेद्वार बनेकी लामाले जीत पनि निकालेरै छाडिन। महासचिवकै हैसियतमा हाम्राकुरा डटकमसँग कुरा गर्दै नविना लामाले भनेकी थिइन 'विद्यार्थी राजनीतिमा आफूले निर्वाह गरेको योगदानका कारण पनि साथीहरुले अध्यक्ष बनाउनेछन्।'
पूर्व उपाध्यक्ष भएर काम गरिसकेकी लामा यसअघीको महाधिवेशनबाट भने महासचिव बनिन। कार्यसमितिमा 'सिनियर' रहेकी नविनालाई साथीहरुले देशैभरबाट हौस्याइरहँदा पार्टी नेतृत्व तहबाट पाएको साथ र फेरि पनि साथीरुको मतपछि निर्वाचित भइन।
विद्यार्थी आन्दोलन वैचारिक रुपमा सबल हुनुपर्ने बताउने लामाले हाम्राकुरा डटकमसँग कुरा गर्दै त्यसमा आफू खरो रुपमा उत्रने बताएकी थिइन। चुनाव अभियानमा रहेकै बेला उनले सांगठनीक जीवनको अलोकतान्त्रिक गुटवन्दी आफ्नो लागि चुनौति रहेको बताएकी थिइन। नविनाले विद्यार्थी राजनीतिमा मौलाएको आर्थिक विश्रृङखलतालाई अन्त्य गर्नुपर्ने एजेण्डलाई पनि महाधिवेशनको एजेण्डा बनाउनु पर्ने अडान राखेकी थिइन।
विद्यार्थी राजनीति र आन्दोलनलाई बचाउने जिम्मा अहिलेको पुस्तालाई आएको उनको भनाइ थियो। विद्यार्थी आन्दोलनलाई सबै विद्यार्थी संगठनहरुले एकजुट भएर बचाउनुपर्ने उनको तर्क छ। विद्यार्थी नेताहरु अहिले दलाली, तस्करी र आपराधिक काममा लागेका छन् त्यसको मुक्ति र अन्त्यका लागि पनि अनेरास्ववियूमा आफूले उमेद्वारी दिएको बताउने नविनाले भनिन 'साथीहरुले मेरो कुरालाई संगठन बचाउने सन्दर्भमा स्वकार्नुहुनेछ। विद्यार्थी राजनीति र आन्दोलनलाई उचाइमा पुर्याउन पनि मलाई नेतृत्वमा पुर्याउनुहुनेछ।'
नविनाले भने झै उनलाई साथीहरुले नेतृत्वमा पुर्याएका छन। अब उनी कति खरो रुपमा उत्रिनेछन त्यसका आधारमा उनको कार्यको समिक्षा हुदैजानेछ। २२ औं राष्ट्रिय सम्मेलनले नविनालाई अध्यक्ष बनाएको छ भने अखिलको इतिहासमा रामकुमारी झाक्रीपछि दोस्रो महिला अध्यक्षको रुपमा पनि उदाएकी छन्। संगठनमा होस वा स्ववियूको चुनाव कहि पनि चुनाव नहारेकी उनै नविनासँग हामीले केहि समयअघी महाधिवेशनकै सन्दर्भमा गरिएको कुराकानी जस्ताको तस्तैः