arrow

मुलुकमै पहिलो पटक इनरुवा रात्रिकालीन क्रिकेट प्रतियोगिता

logo
प्रकाशित २०७५ असोज २० शनिबार
cricket-ballhitting-wickets.jpg.jpeg

इनरुवा ।सुनसरी सदरमुकाम इनरुवामा शनिबारजबाट शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । मुलुकमै पहिलो पटक इनरुवामा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुनलागेको हो ।

फूलबारी क्रिकेट क्लब इनरुवाको आयोजनामा हुन लागेको रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष शिवु यादवले बताए ।

सुनसरी सदरमुकाम इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरेर खेलको तयारी पूरा भएको आयोजकले जानकारी दिए। प्रतियोगितालाई इनरुवा नगरपालिकाले प्रायोजन गरेको छ । मेयर कप टी ट्वान्टी  प्रतियोगिता इनरुवास्थित खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आयोजकसहित १० टिमको सहभागिता रहने जनाइएको छ । उद्घाटन खेल आयोजक फूलबारी क्रिकेट क्लब र बेलबारी क्रिकेट क्लबबीच खेल हुनेछ । खेल राति ७ बजेबाट शुरू हुने आयोजक संस्थाका अध्यक्ष यादवले बताए।

कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले प्रतियोगिता मुलुककै लागि गौरव भएको बताउँदै इनरुवालाई चिनाउनका लागि समेत रात्रिकालीन क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ