arrow

आर्थिक क्रान्ति गर्न नैतिकता आवश्यक : प्रधान

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असोज २० शनिबार
pradhan3.jpg

पाल्पा । जिल्ला गाउँ नगरका उपाध्यक्ष तथा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य किशोरमान प्रधानले मुलुकमा यतिखेर नैतिकताको अभाव रहेको बताएका छन् । आज सम्म राजनैतिक क्रान्ती भयो  अब आर्थिक क्रान्तीको समय आएको छ ।

आर्थिक क्रान्ति सफल बनाउनका लागि नैतिकताको आवश्यक रहेको बताए ।   शनिबार पाल्पा उद्योग वाणिज्य संघको ६३ औं साधारण सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य प्रधानले आर्थिक र राजनैतिक एक रथको दुई पांग्रा जस्तो भएको भन्दै मुलुकको अर्थतन्त्र यतिखेर धरासयी भएको बताए ।

उनले लगानीको वातावरण  सिर्जना नभएको भन्दै सरकारले लगानी गर भन्नु अनर्थ रहेको बताए । नैतिकताको कारण लाखौं बौद्धिक र प्राज्ञिक व्यक्तित्वहरु विदेश पलायन भएका छन् । त्यसैले मुलुकमा सुशासन, पादर्शीता आवश्यक रहेको सदस्य प्रधानले औल्याए । नैतिक क्रान्ती विना सुखी नेपाली, समृद्धि नेपालको कल्पना  गर्न नसकिनेमा उनले जोड दिए ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद डा. पुरनमान बज्राचार्यले  वर्तमान सरकारको चौतर्फीक आलोचना भएको बताए  । सरकारले कानुन निर्माण गरेर सविंधानलाई कार्यान्वयन गर्न खोजेको हो , त्यसको विरोध गर्नु अस्वभाविक रहेको स्पष्ट पारे ।  कार्यक्रममा अर्का प्रदेश सांसद वीरबहादुर रानाले वर्तमान समयमा लगानी मैत्री वातावरण बन्न नसकेकोमा चिन्ता व्यक्त गर्दै जनताको मन जितेर लगानीको वातावरण बनाए पछि मात्रा मुलु समृद्धि तर्फ अगाडि बढ्ने धारण व्यक्त गरे ।

  तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी पाठकले स्थानीय तहले कर वृद्धि गर्‍र्यो भन्नु गलत रहेको बताउदै स्थानीय तहले स्थानीय सरकार सञ्चालन ऐन अनुसार कर निर्धारण गरेकोले स्थानीय निकाय प्रति गलत प्रचार नगर्न आग्रह गरिन् ।

 संघका निर्वमान अध्यक्ष राजु महर्जनले जिल्लामा स्रोत र साधन धेरै भए पनि त्यसको परिचानल र प्रयोग हुन नसकेका  कारण विकासको दृष्टिकोणबाट पछाडी परेको बताए ।  उनले जिल्लाको विकास भनेको पर्यटन नै मूख्य आधार भएको स्पष्ट पारे ।  कार्यक्रममा नेपाली काँग्रेसका  सचिव अजयमान कर्मचार्यले  जिल्लामा लगानीको वातावरण सिर्जना गरी  पर्यटन विकासमा जोड दिन आग्रह गरे ।

महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नयाँ  संहिताले व्यवसायीलाई तर्साउने काम भएकाले त्यसलाई सच्याउन सरकारसँग आग्रह गरे ।  बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले बुटवल र पाल्पाको सम्बन्ध बहुआयामिक भएको स्पष्ट पार्दै पाल्पाको विकासमा नेतृत्व वर्गले राम्रो भूमिका नखेलेका कारण पछाडी परेको स्पष्ट पारे ।  

उद्घाटन कार्यक्रममा सिद्धार्थ नगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, संघका सल्लाहकार सन्तोषलाल श्रेष्ठ, अर्घाखाँची  उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ, राप्रपाका केन्द्रीय सदस्य डुलबहादुर कुंवर, जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, तानसेनका पर्यटन व्यवसायी धनिश्वर बस्याल,पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्याल, प्रमुख जिल्ला अधिकारी मनोहरलाल खनाल, संघका उपाध्यक्ष शैलेन्द्र भट्टराई लगायतले साधारण सभाको  सफलताको शुभकामना व्यक्त गरेका थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ