arrow

स्वागत गरौं नयाँ नोटलाई, यसरी सकिन्छ पाउन 

logo
प्रकाशित २०७५ असोज २१ आइतबार
naya-note.jpg.jpeg

काठमाडौं । बडादशैंका लागि नयाँ नोट सटही सुरु भएको छ । नेपाल राष्ट्र बैंकले आइतबारदेखि विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने जनाएको छ ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो। बैंक तथा वित्तीय संस्थाले आइतबारदेखि  नै नयाँ नोट वितरण सुरु गर्दैछन् ।

नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । ‘

आफूलाई पायक पर्ने नजिकको बैंकबाट असोज २९ गतेसम्म नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

काठमाडौं उपत्यकाभित्र नेपाल बैंकको न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटही गर्न सकिनेछ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकको सिहदरबार, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्सान, कलंकी र बालाजु शाखाबाट र कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भू र मंगलबजार शाखाबाट नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी उपत्यका बाहिरका उपभोक्ताले आइतबारदेखि नै नयाँ नोट सटही सुविधा पाउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ