सन्दिप र करणको उत्कृष्ट प्रदर्शनले नेपालको सहज जित
प्रकाशित २०७५ असोज २१ आइतबार
433
Shares
काठमाडौं । मलेसियामा जारी आईसीसी विश्व टि-२० एशिया क्षेत्र छनौट खेलमा नेपालले थाईल्याण्डलाई १ सय ४० रनले पराजित गरेको छ। पानी परेर अवरुद्ध भएको खेलमा डकवर्थ लेविस नियमका अनुसार नेपाल बिजयी भएको हो।
टस हारेर पहिले ब्याटीङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुामउँदै १ सय ७२ रनको योगफल तयार पारेको थियो। नेपालका लागि आठौं नंबरमा आएका करण केसीले १४ बलमा ४ छक्का र २ चौकाको मदतले ४० रन बनाएका थिए।
नेपालका लागि शरद भेषावकरले ३४ र दिपेन्द्र सिंह ऐरीले ३० रनको योगदान दिएका थिए। थाईल्याण्डका पायुपुथ संगनार्डले ४ विकेट लिएका थिए।
१ सय ७३ रनको लक्ष्य पच्याउन मैदामा ओर्लेको थाईल्याण्ड ८.५ ओभरमा १८ रन बनाउँदा ९ विकेट गुमाईसकेको थियो। त्यसपछि पानीले खेल ोकिएपछि डकवर्थ-लेविशको नियम लगाईएको थियो।
नेपालका स्टार बलर सन्दिप लामिछानेले ३ ओभरमा ८ रन खर्चिंदै ५ विकेट लिएका थिए। अन्तराष्ट्रीय क्रिकेटमा उनको उत्कृष्ट बलिङ हो। उनको यो दोस्रो ५ विकेट पनि हो। त्यसैगरि करन केसीले ३ विकेट र ललित राजवंशीले १ विकेट लिएका थिए।
अलराउण्ड प्रदर्शन गरेक करन केसी प्लेयर अफ दि म्याच घोषित भएका थिए।