arrow

विद्यालयबाट वरीयता हटाउँदै सिँगापुर, सिकाइ कुनै प्रतिस्पर्धा होइन

logo
प्रकाशित २०७५ असोज २१ आइतबार
singapour.png

काठमाडौं । सिँगापुरको सरकारले आगामी वर्षबाट आधारभूत तह र माध्यमिक तहको पढाइमा विद्यार्थीहरुको वरीयता हटाउने भएको छ । सिकाइ कुनै प्रतिस्पर्धा नभएको भन्दै सिँगापुरको सरकारले यस्तो निर्णय गरेको हो । 

सबै विद्यार्थीहरुलाइै समान दर्शाउनका लागि सिँगापुरको सरकारले यस्तो योजना अघि सारेको हो । सरकारले अघि सारेको योजनामा विद्यालयमा धेरै नम्बर थोरै नम्बर ल्याउने विद्यार्थी, पास र फेल हुने व्यवस्था, औसत ग्रेड दिने व्यवस्था समग्र नम्बरको व्यवस्था हटाइएको छ ।

सिँगापुरका विद्यालयहरुमा अंग्रेजीका साथै थप पाँच सम्बन्धित विषयहरुको अध्ययन हुने गरेको छ । सिँगापुरको शिक्षा मन्त्रालयले गत शुक्रबार सबै विद्यार्थीहरुलाई उन्नतिका लागि प्रेरित गर्ने उद्देश्यका साथमा पनि यस किसिमको योजना ल्याइएको बताएको हो ।

यद्यपि शिक्षकहरुले भने विद्यार्थीहरुको विषयमा जानकारी लिने र त्यसको विषयमा छलफल गर्ने तथा आगामी योजनाहरु तय गर्ने काम गर्नेजस्ता कामहरु जारी राख्ने बताइएको छ । 

विद्यालयले पनि विद्यार्थीहरुको शिक्षाको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताइएको छ । सिँगापुरमा अघिल्लो साता यस विषयमा १७०० विद्यालयका नेतृत्वकर्ताहरुले पढाइ कुनै प्रतिस्पर्धा नभएको भन्दै प्रणालीमास सुधार आवश्यक रहेको बताएका थिए । 

अनुशासनको माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने उनीहरुले बताएका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ