arrow

तालिवान लडाकूहरुको आक्रमणमा परी जिल्ला प्रहरी प्रमुख हत्या

logo
प्रकाशित २०७५ असोज २१ आइतबार
afghanistan-kabu.jpg

मैदान शार, अफगानिस्तान। तालिवान लडाकूहरुको आक्रमणमा परी पूर्वी वारदाक प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित छ जना प्रहरी अधिकारीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुले आफगानिस्तानको पूर्वी प्रान्त वारदाकको जिल्ला प्रहरी कार्यालयमा तालिवान लडाकूहरुले रातभरी भीषण आक्रमण गरेका थिए।

हजारौ तालिवान लडाकूहरुले साइद अबाड जिल्लामा शनिबार अबेर राति आक्रमण गरेको समाचारमा जनाइएको छ। “जिल्ला प्रहरी प्रमुख साइद मेजराबशाह हाशेमीसहित छ जना प्रहरी अधिकारीहरु मारिएका छन्,” प्रान्तीय सरकारका प्रवक्ता अब्दुर रहमान मन्गलले बताए। उनले तालिवान लडाकूतर्फका पनि धेरै जना मारिएको र केही घाइते भएको दावी गरे।

यसैबीच, राजधानी काबुलदेखि ३५ किलोमिटर पश्चिमतर्फ रहेको यस जिल्लालाई विद्रोहीले कब्जामा लिएको प्रान्तीय परिषदका एकजना अधिकारी हुसेन अलि बालिगले बताए। बालिगका अनुसार लडाकूहरुको आक्रमणका कारण काबुलदेखि कान्दाहारसम्मको राजमार्ग समेत अवरुद्ध भएको छ। निर्वाचनको मिति नजिकिदै गर्दा अफगानिस्तानमा हिंसात्मक घटनाहरु थप बढ्दै गएका छन्।

अफगानिस्तान यही अक्टोबर २० तारिखका दिन संसद र स्थानीय तहको निर्वाचन हुन लागेको छ। अफगानिस्तानमा करिब ९० लाख मतदाता रहेका छन्। सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ