arrow

एम्बाप्पेको जादू, १३ मिनेटमै ४ गोल

logo
प्रकाशित २०७५ असोज २२ सोमबार
mbappe2.jpg

काठमाडौं । विश्वकप विजेता फ्रान्सका होनहार युवा खेलाडी किलियन एम्बाप्पेले फ्रेन्च लिग वान फुटबलमा जादूमयी प्रदर्शन गरेका छन् ।

एम्बाप्पेले पेरिस सेन्ट जर्मेन पीएसजीलाई लियोविरुद्ध ५–० ले जिताउने क्रममा सनसनी खेल खेले । एम्बाप्पेले १३ मिनेटको अवधिमा ४ गोल गरे । 

६१ देखि ७४ मिनेटमा एम्बाप्पेले ४ गोल गरेका हुन् । यसअघि ९ मिनेटमै नेयमारले पेनाल्टीमार्फत गोल गरेका थिए । ३५ औं मिनेटमा किम्पेम्बेले रातो कार्ड खाएपछि पीएसजी १० जनामा सिमित भयो । 

४५ औं मिनेटमा लुकास टोयुसार्टले दोहोरो पहेंलो कार्ड खाएपछि लियों पनि १० जनामा समेटियो । 

त्यसपछि गोलको खाता खोलेका एम्बाप्पेले खेलको ६१, ६६, ६९ र ७४ औं मिनेटमा गोल गरे।

पीएसजी ९ खेलबाट २७ अंक सहित लिगको शिर्षस्थानमा छ । दोस्रो स्थानको लिलेको १९ अंक छ । तेस्रो स्थानको मार्सेको १६ अंक छ । 

Mbappe scores their fourth goal to complete his hat-trick in the second half on Sunday

Kylian Mbappe celebrates after netting his fourth goal of the game at the Parc des Princes

Mbappe is congratulated by Neymar after netting PSG's fifth goal of the Ligue 1 clash

Neymar gives the home side the lead from the penalty spot in the ninth minute of the game

The Brazilian wheels away in celebration after breaking the deadlock in the early stages



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ