arrow

चाडपर्वका समयमा होसियार भएर होटेल व्यवसाय चलाउन आग्रह 

logo
सीता डोटेल
प्रकाशित २०७५ असोज २२ सोमबार
hotel-security.jpg

पाल्पा । रामपुर होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रामपुर पाल्पाले शुभकामना आदनप्रदान तथा सुरक्षाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नजिकिदै गरेको दशैं तिहार लगायतका चाडपर्वको अबसरमा शुभकामना तथा चाडपर्वका बेला हुनसक्ने चोरी डकैती र अन्य अपराधिक क्रियाकलापका बिषयमा सजक रहँदै व्यवसाय सञ्चालन सम्बन्धी अन्तरक्रिया भएको हो । 

अन्तरक्रियामा सहभागी प्रशिक्षण दिदै ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेयले चाडपर्वका बेला व्यवसाय सञ्चालन गर्दा थप संयमित र चनाखो हुनुपर्नेमा जोड दिए । 

कानुनी प्रक्रिया पुरा गरेर मर्यादित तरिकाले ढुक्क भई व्यवसाय गर्नुहोस् पाण्डेले भने– सरकारले तोकेका नियम भित्र रहेर व्यवसाय सञ्चालन गर्नुस् । 

होटेल, रेष्टुरेन्टसहित लज व्यवसायीलाई ग्राहकको पहिचान सहितको अनिवार्य इन्ट्री गरेर मात्र ग्राहकलाई राख्न र राति ९ बजेपछि व्यवसाय बन्द गर्न आग्रह गर्दै उनले व्यवसायीबाट सकारात्मक सहयोगको अपेक्षा गरे । 

यसअघि पनि होटेलबाट अबैध मदिरा बरामत गरेको बताउँदै उनले अबैध मदिरा विक्रि वितरण नगर्न, जुवातास नखेलाउन तथा अवैध क्रियाकलापको शंङ्का लागे वा कुनै अपराधिक क्रियाकलापको मनसाय भएको पाइएमा वा कुनै समस्या परेमा प्रहरीलाई खबर गर्न आग्रह गरे । 

रामपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराईले कुनै पनि क्षेत्रको विकासमा होटल व्यवसायको मुख्य भुमिका खेल्ने बताउँदै सुन्दर रामपुरमा सभ्य होटेल व्यवसाय सञ्चालनको पहिचान हुने गरि व्यवसायमा ध्यान दिनुपर्ने बताए । 

दर्ता नभै व्यवसाय सञ्चालन गर्न पाइदैन भट्टराईले भने–उत्पादनको नभई बिक्री बितरणको कर तिर्ने हो त्यसैले कर तिर्नबाट जोगिन होइन पेशा व्यवसायको सुरक्षाको लागि पनि व्यवसाय दर्ता गरि बैधानिक भएर व्यवसाय चलाउनुहोस् । रामपुर उद्योग वाणिज्य संघले कर तिर्ने व्यवस्थालाई दैलोमा ल्याएर सहज बनाएको छ उनले थपे । 

कार्यक्रममा पत्रकार सीता डोटेलले केही होटेल व्यवसायीको लापरवार्हीले सबै होटेल व्यवसायी मुछिने प्रकृतिले पनि व्यवस्थित, सुरक्षित र बैधानिक होटेल व्यवसाय सञ्चालन गर्न आग्रह गरिन् । समय समयमा होटेल व्यवसायमा अनुगमन आबश्यक रहेको उनले बताइन् ।
 
झण्डै १५ बर्षअघि संगठित होटेल व्यवसायी संघमा रामपुरको बेझाँड बजारमा होटेल व्यवसाय सञ्चालन गर्दै आएका ६३ होटेल व्यवसायी आबद्ध छन् । 

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संघका सल्लाहाकार सुर्य प्रसाद श्रेष्ठको स्वागत र सचिव गोपाल श्रेष्ठको संञ्चालनमा भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ