एफवन सफ्ट र युके एडबिच नेपालमा पहिलोपटक 'अनलाइन रिभर्स फ्याक्टरिङ प्लाटफर्म' स्थापना
'सरल, सुरक्षित र सस्तोमा सँधै वित्तीय पहुँच'
प्रकाशित २०७५ असोज २२ सोमबार
819
Shares
काठमाडौं । साना, मझौंला र मध्यम उद्यमीलाई प्राविधिमार्फत वित्तीय स्रोतसम्म पहुँच दिलाउन युके एडको एक्सेस टु फाइनान्स कार्यक्रम (सक्षम) सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनल प्रा.लि.ले 'अनलाइन रिभर्स फ्याक्टरिङ प्ल्याटफर्म' तयार पारेको छ।
होटल हिमालयमा आयोजित कार्यक्रममा सक्षमका टिम लिडर निर्मल दाहाल तथा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले साझेदारी पत्रमा हस्ताक्षर गरेका थिए। कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र बुद्ध एयरका वित्त निर्देशक रमेश लुईंटेल उपस्थित थिए।
यो साझेदारी अन्तर्गत एफवान सफ्ट इन्टरनेशनलले 'क्विक भुक्तानी' नामक एउटा प्ल्याटफर्म तयार पारेर त्यसलाई सञ्चालन गर्नेछ। यो प्लेटफर्मले ठूला व्यापारिक फर्म तथा कम्पनीका साना तथा मझौला आपूर्तिकर्तालाई बैंकमार्फत जोड्नेछ। जसबाट ठूला व्यापारिक फर्म तथा कम्पनीका लागि सामान आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले तुरुन्तै कर्जा पाउनेछन्।
यो प्लेटफर्म प्रयोग गरेर बैंकले आपूर्तिकर्तालाई उनीहरुले सामान तथा सेवा विक्रि गर्ने ठूला व्यापारिक फर्म तथा कम्पनीले जारी गरेको विलका आधारमा छोटो अवधिको जोखिमरहित कर्जा दिन सक्नेछन्। यसबाट सामान तथा सेवा आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले विना धितो सहज ढङ्गले ऋणको सुविधा पाउनेछन्।
सक्षमका टिम लिडर निर्मल दाहालले व्याक्ति तथा व्यापार दुवैले डिजिटल इनोभेसनमार्फत वित्तीय स्रोतमा सहज पहुँच प्राप्त गरेको बताएका थिए । 'सक्षम भाग्यमानी पनि छ र यस्ता इनोभेशनलाई हामीले जोडदाररुपमा वकालत पनि गरेका छौं, र यो नयाँ विकास पनि त्यही यात्रामा एउटा नयाँ पाइला हो' उनले भने।
डिजिटल इनोभेशनलाई जोड दिंदै एफवान सफ्टका सिइओ सुवाश शर्माले भन्नुभयो, नेपालको नेतृत्वदायी फिनटेक कम्पनीका रुपमा हामी त्यस्ता फाइनान्सियल टुल तयार गर्न पाउँदा खुशी हुन्छौं, जसले नेपालको अर्थतन्त्रको सम्भावित ठूलो क्षेत्रलाई परिवर्तन गर्न सक्छ।
हाम्रा इनोभेशनहरुले हरेक व्याक्तिलाई सरल, सुरक्षित र सस्तोमा सँधै वित्तीय पहुँच दिन्छन्। छिटो भूक्तानीले साना तथा मझौला उद्यमी मात्रै होइन ठूला कम्पनीलाई पनि फाइदा पुग्नेछ। यो साझेदारी तथा परियोजनाको सम्भावनाका कारण हामी निकै उत्साहित पनि छौं।