arrow

टी–२० विश्वकप छनोटमा नेपालको अर्काे फराकिलो जित, भुटान ३३ रनमै ढल्यो 

सन्दीप र ललितलाई ३–३ विकेट 

logo
प्रकाशित २०७५ असोज २३ मंगलबार
nepal-cricket-final.JPG

काठमाडौं । मलेसियामा भइरहेको टी–२० विश्वकप छनोट क्रिकेटमा नेपालले अर्को फराकिलो जित प्राप्त गरेको छ । थाइल्याण्डलाई १४० रनले हराएको नेपालले कमजोर भुटानलाई ११७ रनले पराजित गर्यो । 

जितका लागि भुटानले १५१ रनको लक्ष्य पछ्याएकामा १६.४ ओभरमा ३३ रन मात्र बनाउन सक्यो । 
तेन्जिङ वाङचुक जुनियरले ११ रन बनाएको नै सर्वाधिक रन भयो । 

ललित राजवंशी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए । बसन्त रेग्मीले २ तथा दिपेन्द्र सिंह ऐरी र शरद भेषवाकरले १–१ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओपनिङ ब्याट्सम्यान प्रदीप सिंह ऐरीको नटआउट ७५ रनको मद्धतले ४ विकेटको नोक्सानीमा १५० रन बनायो । 

ऐरीले २ छक्का र ६ चौकाको मद्धतले ६८ बलमा ७५ रन बनाएका हुन् । 

त्यसैगरी अनिलकुमार शाहले २१ बलमा २७, दिपेन्द्र सिंह ऐरीले १० बलमा १५, करण केसीले ५ बलमा नटआउट ११, आरिफ शेखले १५ बलमा १३ रन बनाउँदा विनोद भण्डारी डकआउट भएका थिए । 

एसिया रिजन क्वालिफायर बी मा रहेको नेपाल समूहको शिर्ष स्थानमा रहेको नेपालले भुटानलाई हराएपछि शिर्ष ३ मा रहेर दुई खेल अघि नै सन् २०१९ मा अष्ट्रेलियामा हुने विश्वकपको अर्को चरणमा छानिने लगभग पक्का भएको छ ।

यसअघि नेपालले थाइल्याण्ड, मलेसिया र म्यानमारलाई हराएको थियो । 

७ टिम सहभागी भएकामा शिर्ष तीन टिम अर्को चरणमा पुग्नेछन् । नेपालले अब चीन र सिंगापुरसंग खेल्न बाँकी छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ