सुपथ पसल नै हच्किए सरकारले तोकेको मूल्यमा चिनी बेच्न
चिनीको आयातमा परिमाणात्मक बन्देज लगाएसंगै यसको मूल्यमा भद्रगोल सुरु
प्रकाशित २०७५ असोज २३ मंगलबार
224
Shares
काठमाडौं । सरकारले तोकेको मुल्यमा चिनी विक्री गर्न सुपथ पसल नै हच्किएका छन् । सरकारले सबै चिनी पसललाई ६३ रुपैयाँमा विक्रि गर्न भनेपनि आफनै मातहतका सुपथ पसलहरुले विक्री मूल्य ७५ बाट घटाउन नसकिने भन्दै रोकिएको छ ।
चिनी प्रति किलो मूल्य ६३ रुपैयाँ मात्रै तोक्न निर्देशन दिएपनि बजारमा ७० रुपैयाभन्दा माथीमा विक्रि हुने गरेको छ ।
सरकारका लागि बजारमा चिनी पुरयाउने जिम्मा साल्ट ट्रेडि¨ले लिने गरेपनि गएको वर्षकै मौज्दात बाँकी रहेको र यसको बजार मूल्य ७५ पर्न गएकाले सरकारले तोकेको मुल्यमा विक्रि गर्न नसकेकाले बजारमा चिनी भएर पनि सहुलियत पसलमा विक्रि रोकेको छ ।
साल्ट ट्रेडिङ्गले पोहोर साल महंगोमा किनेको चिनी नै बाँकी भएकाले अहिले सरकार आफैले टोकेको मुल्यमा विक्रि गर्न केही समयका लागि रोक लगाएको छ ।
चिनीको आयातमा परिमाणात्मक बन्देज लगाएसंगै यसको मुल्यमा भद्रगोल सुरु भएको हो । चिनीको परिमाणात्मक बन्देज लगाउनु सरकारको बाध्यात्मक परिस्थिति रहेको बाणिज्य तथा आपुर्ति मन्त्रालयका प्रबक्ता नवराज ढकालले जानकारी दिए ।
आर्थिक वर्ष २०७४/७५ र यो आर्थिक वर्षको २ महिनामा २ लाख ३५ हजार मेट्रिक टन आयात भइसकेको छ । तर नेपालमा वार्षिक २ लाख ४० हजार मेट्रिक टन मात्रै भए पुग्ने अवस्थामा अत्यधिक आयात हुन गएकाले सरकारले परिमाणात्मक बन्देज लगाएको उहाले बताउनुभएको छ ।
यो सिजनमा नेपालमै एक लाख मेटिक टन उत्पादन हुनै बाँकी छ । यो बेला चिनीको उपलब्धतामा समस्या कतै नभएपनि मुल्यका कारण समस्या भएको देखिन्छ । चिनी उद्योगिले उखु किसानलाई दिनुपर्ने बक्र्यौता रकम ५ दिनमा तिर्न सरकारले निर्देशन दिएका छन् ।