arrow

शनिबार पनि बैंक खुला राख्न उर्दी

logo
प्रकाशित २०७५ असोज २४ बुधबार
bank1.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार राजस्व बुझ्ने बैंकका शाखा तथा काउण्टर खुला राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।

राष्ट्र बैंकले राजस्व बुझ्ने सबै बैंकका शाखाहरु असोज २७ गते शनिबारका दिन पनि खुला राख्न निर्देशन दिएको हो।

राष्ट्र बैंकले राजस्व जम्मा र दाखिला गरी चेक क्लियरिङ गर्नका लागि राजस्व बुझ्ने सबै बैंक वित्तीय संस्थाका शाखाहरु र नेपाल क्लिरिङ हाउस समेत विदाका दिन पनि नियमित झै खुला गर्न निर्देशन दिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ