arrow

तितली आँधीले भारतमा प्रभाव, १८ जिल्लामा रेड अलर्ट

logo
प्रकाशित २०७५ असोज २५ बिहिबार
hurricane-titli.jpg

काठमाडौं । भारतमा आएको तितली आँधीले ओडिसा र आन्ध्रप्रदेशमा खतराको घण्टी बजेको छ । 

बंगालको खाडीमा बनेको दवावका कारण आएको तितली आँधीले भयावह रुप लिएको भन्दै सचेतना अपनाउन आग्रह गरिएको छ । 

ओडिसाको तटीय क्षेत्र गोपालपुरमा बढी खतरा देखिएको छ । 

थुप्रै रुखहरु ढलेका छन् । हावाको गति तीव्र भएकाले जनजीवन अस्तव्यस्त भएको छ । त्यहाँ भू–स्खलन पनि भएको छ । ओडिशा सरकारले १८ जिल्लामा रेड अलर्ट जारी गरेको छ । 

मौसम विभागले १६५ किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आएको जनाएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ