arrow

हाम्राकुराकर्मी पौडेल सम्मानित

logo
प्रकाशित २०७५ असोज २५ बिहिबार
ghanashayam.jpg

अर्घाखाँची । ६३ औँ प्रहरी दिवसको अबसरमा हाम्राकुरा डटकमका अर्घाखाँची संवाददाता घनश्याम पौडेल सम्मानित भएका छन ।जिल्लाको शान्ति सुरक्षा कायम गर्न आम सञ्चार माध्यमबाट महत्वपूर्ण  भुमिका निर्बाह गरेको भन्दै कदर पत्रले सम्मान गरेको हो ।

पौडेलसँगै अन्य तीन पत्रकार समेत सम्मानित भएका छन । जिल्लाको शान्ति र सुरक्षा कायम गर्नकोलागी आम सञ्चार माध्यमको भुमिका महत्वपूर्ण भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

‘जिल्लामा सबै पक्षबाट सकारात्म सहयोग भएका कारण शान्ति सुरक्षा कायम राख्न सफल भएका छौ । नयाँ प्रहरी प्रमुख आए पछि पुराना मुद्धाको समेत अनुसन्धान तिब्र भएको छ । ’

सुरक्षा निकायहरु बिच सुमधुर सम्बन्ध भएको समेत भुसालले बताए । जिल्लाको शान्ति सुरक्षा कायम गर्न प्रहरीले निकै मेहनत गरेको नेकपाका नेता पिताम्बर भुसालले बताए । ‘जनता पनि बिना बर्दिको प्रहरी भएकाले शान्ति सुरक्षा कायम गर्नको लागी आम कार्यक्रता पनि आफनो ठाउँबाट लाग्ने छन । जिल्लामा शान्ति कायम गर्न प्रहरी सक्षम छ भुसालले भने ।

‘नेपाली जनताको आशा र भरोसाको केन्द्र नेपाल प्रहरी बनेको नेपालिका काग्रेसका सभापती बिष्णु खनालले बताए । ‘देशको परिर्बतन गर्नको लागी समाजलाई रुपान्तरण गर्नको लागी नेपाल प्रहरीले ठुलो भुमिका निर्बाह गरेको छ । नेपालको लागी आहुति दिने अम्मर परिबारहरुलाई यस अबसमा भाबपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु मुस्कानले भने’ । दिबसको अबसरमा जिल्ला प्रहरी कार्यालय परिषरमा बृक्षारोपण, सदरमुकामका बिभिन्न स्थानमा सरसफाई र सप्ताह व्यापी रुपमा खेलकुद समेत आयोजना गरेको थियो ।

चाड पर्बको बेला जिल्लामा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी निरन्तर लागी परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नबराज मल्ले बताए । प्रहरीलाई जग्गा उपलब्ध गराई प्रहरी चौकि निर्माण गर्न सहयोग गर्ने जग्गा दाताहरुलाई समेत सम्मान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ