काठमाडौं । नागरिक लगानी कोषका अध्यक्ष डा.रामचन्द्र भट्टराईले शुक्रबार पदबहाली गरेका छन् । कोष संचालक डा.रामशरण खरेलले डा भट्टराईलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
डा.भट्टराईलाई २१ असोजको मन्त्रिपरिषदको बैठकले कोष अध्यक्षमा नियुक्त गरेको थियो । ‘इन्भाइरोमेन्ट इकोनोमिक्स’ मा बिद्याबारिधि गरेका भट्टराईले हाल त्रिभुवन बिश्वबिद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा सुक्ष्म र बृहत अर्थशास्त्रको अध्यापन गराउँदै आएका छन् ।
खोटाङ लामिडाडाँमा जन्मिएका भट्टराईसंग राष्ट्रिय बाणिज्य बैकको संचालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, अर्थमन्त्रालयमा बरिष्ठ आर्थिक सल्लाहकारको रुपमा लामो समय काम गरिसकेका छन् ।
यो ँगै उनीसंग नेपाल राष्ट्र बैक, न्याय सेवा तथा कृषि क्षेत्रमा काम गरेको पनि अनुभव रहेको छ ।