arrow

पढाइको माग गर्दै विद्यार्थीले गरे तालाबन्दी

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७२ फागुन १० सोमबार
Bajhang-hamrakura.jpg.jpeg
बझाङ। जिल्ललाको प्रमुख शैक्षिक धरोहरका रुपमा चिनिने जयपृथ्वी बहुमुखी क्याम्पसमा  प्रशासनको कमजोरी र प्राध्यापकहरुको  लापर्वाहीले  विगत ६ महिना देखि  पढाई नभएपछि अध्यनरत विद्यार्थीले आईतवार वाट क्याम्पस प्रसासनमा  तालाबन्दी गरेका छन् । लामो समय नियमित रुपमा पढाईका लागी पर्खेका विद्यार्थीहरु लाई क्याम्पस प्रसासनले पठन पाठन नियमित गर्नका लागी चासो नदेखाएको भन्दै त्याहाँ अध्यायनरत विद्यार्थीहरुले ताला लगाएका हुन। 
 
आईतवार वाट क्याम्पस प्रमुखको कार्यालयमा ताला लगाएपछि कर्मचारीहरु लगायतका अन्य प्राध्यापकहरु आईतबार देखी बाहिर छन् । जिल्लाको सदरमुकाम चैनपुरमा रहेको क्याम्पसमा राम्रै पढाई होला भनेर यहाँ भर्ना गरियो छान्नाका विद्यार्थी दिनेश खड्काले भने तर यहाँ त प्रशासन एकदमै फितलो रहेछ । व्यापक राजनितिक हुदाँ प्राध्यापक नियमित नआउने कार्यकर्ता भर्ना गर्ने थलो बनाएकोले पढाई अस्तव्यस्त हुदाँ ताला लगाउनु परेको गुनासो गर्नु भयो । नियमित क्याम्पसमा आउने कक्षा ११ र स्नातका प्रथम वर्षमा पढ्ने विद्यार्थीले  ताला लगाएको हो ।  
 
आईतवार वाट विद्यार्थीले ताला लगाएको खवर आएपछि प्राध्यापक सहित व्यवस्थापन समितिको बैठक बसेर समस्या साधानका लागी पहल गरेको छ ।  व्यवस्थापन समितिका अध्यक्ष चेतराज बजालले क्याम्पस प्रशासन र प्राध्यापकहरुको चरण लार्पवाहि देखीएको वताउनु भयो । वहाँले बिध्यार्थीको माग समेत जायज भएको बताउदै मगंलबार सम्म निकास दिईने समेत बताउनु भयो । क्याम्पसमा विद्यार्थीहरुको संख्या घट्दै गएकाले आर्थिक आम्दानी पनि न्युन छ उहाँले भन्नु भयो जसका कारण प्राध्यापकहरुले एक वर्षदेखी तलव खान पनि पाएका छैनन् ।  तलव नियमित नपाएपछि यहाँ भर्ना भएका प्राध्यापकहरु नियमित कक्षामा नआउने समस्या रहेको पनि उहाँले बताउनु भयो  । 
 
जिललाको पुरानो र प्रमुख जयपृथ्वी बहादुर सिंहको नामले परिचित जिल्लाको शैक्षिक क्षेत्रको धरोहरको रुपमा रहेको  यो क्याम्पस अहिले अस्तव्यस्त रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ