arrow

प्रदेश प्रहरी ऐन पारित, नेकपा असन्तुष्ट

logo
सुरेन्द्र सिंह,
प्रकाशित २०७५ असोज २७ शनिबार
province-2-cabinet.jpg

जनकपुरधाम ।  सरकारले संघीय प्रहरी ऐन नल्याउँदै प्रदेश सरकार २ ले प्रदेश प्रहरी ऐन पारित गरेको छ । शनिबार भएको प्रदेश सभा बैठकले बहुमतका साथ प्रदेश प्रहरी ऐन पास गरेको हो ।

बहुमतले पारित गरेको प्रदेश प्रहरी ऐनलाई नेकपाका प्रदेश सांसदहरुले असन्तुष्टि जनाएको छ । नेकपाका सांसदहरुले सैद्धान्तिक रुपमा प्रदेश प्रहरी ऐन चाहिन्छ भन्ने मान्याता भए पनि आवश्वक रुपमा छलफल नभएको बताएका छन् ।

प्रदेश प्रहरी ऐन पारित गराउन कांग्रेस, राजपा र संघीय फोरम नेपालका सांसदहरुले सहमति जनाएका थिए । प्रदेश दुईमा भएका १०७ जना सांसदमध्ये ७५ जना सांसदले पारित गर्ने पक्षमा मत राखेपछि बहुमतले प्रदेश प्रहरी ऐन पारित गरिएको हो ।

संविधानको धारा २६८ अनुसार प्रदेश प्रहरी संरचना तयार गरिएको र संघीय ऐनलाई कुनैपनि अवरोध नहुने बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ