arrow

पाँच वर्षभित्र जनकपुरलाई नयाँ जनकपुर बनाउने यस्तो छ योजना 

logo
सुरेन्द्र सिंह 
प्रकाशित २०७५ असोज २८ आइतबार
rajendra-mahato.JPG

जनकपुरधाम । जनकपुरधामलाई पांँच वर्षमा नयाँ जनकपुरधाम बनाउने राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद राजेन्द्र महतोले यस्तो दाबी गरेका छन्  । 

शनिबार प्रेस मंच नेपाल धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार  सम्मेलनमा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद राजेन्द्र महतोले यस्तो दावी गरेका हुन् । 

जनकपुरधामलाई राजधानी मात्रै नभई नेपालकै सुन्दर शहर बनाउने कार्यका लागि काम सुरु भइसकेको बताउँदै सांसद महतोले धैर्य राख्न नगरवासीलाई आग्रह गरेका छन् ।

 उनले जनकपुरधाम उपमाहानगरपालिकाका मेयर लालकिशोरि साहले आफ्नो एक वर्षको कार्यकालमा विकास निमार्णमा दिएको योगदानको बारेमा सांसद महतोले खुलेर प्रशंसा गरेका छन् । 

उनले भने, ‘जनकपुरधामका मेयर साहले गरेको विकास निर्माणको कामको अनुकरण अन्य नगरपालिकाले पनि गरिरहेको छ’ घर कि मुर्गी दाल बराबर जस्तै कुनै कार्यकर्तालाई केही नगरिदिएकै खण्डमा मेयरलाई गणना गर्न उचित छैन ।’

सांसद साहले वर्षौंदेखि रोकिएको एडीबी परियोजनालाई मेयर साहले आफ्नो दक्षताले परियोजनालाई सम्पन्नताको दिशातर्फ अग्रसर गराएको छ यस कुरालाई सबैले बुझ्नुपर्ने बताए । मेयर लालकिशोर साहले विकास निमार्णमा देखाएको दक्षता र समयमा नै सम्पन्न गराएपछि एडीबी परियोजनाले नगरको विकासका लागि अरु वजेट दिने तयारीमा रहेको समेत बताए ।

यस्तो छ योजना
सांसद महतोले जनकपुरधामलाई पर्यटकिय सहर वनाउनका लागि फोहर व्यवस्थापन गर्न अति आवश्यक रहेको बताउँदै जनकपुरधाममा प्रत्येक मेलामा आउने श्रद्धालु भक्तजनहरुले शौचालयको अभावमा जताततै फोहर गर्ने गरेकोले  फोहर व्यवस्थापन गर्न पहिलो प्राथिमिकता अनुरुप पहिलो चरणमा नगरभरि सय वटा आधुनिक शौचालयको निर्माण गरिने र त्यसको कार्यक्रम छिटै सुरु हुने बताए ।

उनले जनकपुरधामको सम्पूर्ण गल्लीहरुमा सडक तथा नाला निमार्णका लागि सर्भे सुरु गरिएको बताउँदै दुई सय करोडको बजेट रहने सो योजनाबाट जनकपुरधामका गल्ली गल्लीलाई पिचिगं गर्नका साथै ढल निकासीको समस्या पनि समाधान गरिने वताए । 

सांसद साहले जनकपुरधामको वाहिर आउटिङ रिंग रोड वनाउने आफनो सपना रहेको बताए । 

यसको लागि पहल भइरहेको जानकारी दिए । त्यसैगरी भारत सरकारलाई जनकपुरधामको विकासका लागि दिएको एक सय साठी करोडले जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको सभागृह निर्माण गरिने र त्यस्को लागि पनि नगरपालिकाले पहल सुरु गरिसकेको जानकारी  दिए ।

उनले अहिले नै आफुहरुमाथि प्रश्न नउठाउन आग्रह गर्दै अहिले जनकपुरधामलाई कायापलट गर्नका लागि धेरै गर्न बाँकी रहेको र अहिलेसम्म सुरु पनि गर्न नसकेकोले छिटै यस्ता कार्यक्रमहरु ल्याएर जनकपुरधामलाई परिवर्तन गरेरै छाडने सांसद साहले प्रतिवद्धता जनाए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ